एमालेले मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्दै « Khabarhub

एमालेले मंसिर ७ गते काठमाडौंमा जागरण सभा गर्दै


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले मङ्सिर ७ गते काठमाडौंमा गर्न लागेको जागरण सभा तयारीका लागि सभा संयोजन समिति गठन गरेको छ ।

एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीन जिल्लाको संयुक्त आयोजनामा मङ्सिर ७ गते काठमाडौंमा हुने जागरण सभाको तयारीका लागि बुधबार बसेको बैठकले ११ सदस्सीय संयोजन समिति बनाएको हो ।

महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा पार्टी केन्द्रीय कार्यालयमा उपत्यकामातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले सभालाई भव्य र सुव्यवस्थित गर्न पार्टीको बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईको संयोजकत्वमा जागरण सभा संयोजन समिति बनाइएको हो ।

समितिको सहसंयोजक जिम्मा पार्टीको बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुङ्गेलले पाएका छन् ।

समितिका सदस्यहरूमा टुका हमाल, प्रेमकुमार पराजुली, श्यामकुमार बस्नेत, दीपक निरौला, बचन देउजा, पुरुषोत्तम आचार्य, क्षितिज थेबे, शमिक बडाल र जनक चौधरी छन् ।

जागरण सभा संयोजन समितिको बुधबारै बसेको प्रथम बैठकले सभालाई प्रभावकारी बनाउन, जनपरिचालन, जनसभा, जनप्रदर्शन समेतको व्यवस्था मिलाएको समितिका संयोजक डा. भट्टराईले बताएका छन् ।

मुलुकमा बढ्दो अराजकता र अस्थिरताका विरुद्ध लोकतन्त्र, शान्ति, राष्ट्रिय एकता, सामाजिक सद्भाव, सुशासन, समृद्धि र विकासका लागि विधिको शासन र कानुनी राजका पक्षमा जनमत निर्माण गर्ने उद्देश्यसहित जागरण सभा गर्न लागिएको उनले जानकारी दिए । जागरण सभाले पार्टीको दृष्टिकोण र धारणा आमजनताबीच पुर्‍याउने उद्देश्य लिएको भट्टराईले बताए ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ४ : १५ बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी