बङ्गलादेश : आन्दोलनका क्रममा लुटिएका ६ हजार बन्दुक बरामद « Khabarhub

बङ्गलादेश : आन्दोलनका क्रममा लुटिएका ६ हजार बन्दुक बरामद


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

ढाका– बङ्गलादेशकी पूर्व नेतृ शेख हसिनालाई सत्ताच्युत गर्ने आन्दोलनपछि सुरक्षा व्यवस्था मजबुत बनाउन बङ्गलादेशको सेनाले दुई हजार ५०० जनालाई पक्राउ गरेको र छ हजार बन्दुक बरामद गरेको जनाएको छ ।

विद्यार्थी नेतृत्वको आन्दोलनको क्रममा भएको घातक हिंसा र व्यापक विरोध प्रदर्शन प्रधानमन्त्री कार्यालयतर्फ बढेपछि तत्कालीन प्रधानमन्त्री हसिना भागेर हेलिकप्टरमा भारत गएकी थिइन् । उनले पदबाट राजिनामा दिएको पछि सेना प्रमुखले सार्वजनिक सम्बोधन गर्दै जानकारी गराएकी थिइन्। 

आन्दोलन र त्यसपछिका प्रदर्शन हिंसात्मक र अराजकत भएका र उक्त क्रममा सुरक्षाकर्मीबाट हजारौँ हातहतियार लुटिएका थिए ।

सेप्टेम्बरको सुरुमा समाप्त भएको आममाफीको समयमा तीन हजार ७०० भन्दा बढी हतियारहरू फिर्ता गरिएको थियो भने त्यसपछि सुरक्षाकर्मीले हराएका बन्दुकहरू संकलन गर्ने अभियान नै चलाएको थियो । 

कर्नेल इन्तेखाब हैदर खानले सञ्चारमाध्यमलाई बताएअनुसार अवैध रूपमा राखिएका छ हजार बन्दुक र दुई लाख राउन्ड गोली संकलन गरिएको छ।

हसिनापछि सत्ता सम्हालेको अन्तरिम सरकारले सशस्त्र बल (सेना)लाई न्यायिक अधिकार प्रदान गर्दै उनीहरूलाई प्रहरीजस्ता दैनिक प्रवर्तन गतिविधिमा संलग्न हुन अनुमति दिएको थियो।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ५ : २० बजे

सरकारलाई पूर्वाधार समितिको निर्देशन : चाडपर्वमा यातायात व्यवस्थापन प्रभावकारी बनाउनू

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वलक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी

वर्षापछिको क्षतिको जिल्लागत विवरण सार्वजनिक गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले हालैको वर्षापछि

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार

भारतमा बाढीमा ६२ जनाको मृत्यु, हजारौँ प्रभावित

लखनऊ– भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखि परेको भारी