पाकिस्तानमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेका ४ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा सुरक्षाकर्मीको नियन्त्रणमा रहेका ४ जनाको मृत्यु


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको बलोचिस्तान प्रान्तमा सुरक्षाकर्मीसँगको मुठभेढमा ४ जनाको ज्यान गएको छ । बलोचिस्तान प्रान्तको मुसा खेल क्षेत्रमा पाकिस्तानको प्रतिआतंकवाद विभागका सुरक्षाकर्मीसँगको मुठभेढमा उनीहरुको मृत्यु भएको हो ।

यसरी मारिनेमा मुहम्मद नवाज बुजदर, गुलाम बुजदर र जफार मारी रहेका छन् । चौथो व्यक्तिको पहिचान भने खुल्न बाँकी रहेको जनाइएको छ । उनीहरुलाई केही समयअघि सुरक्षा बलले नियन्त्रणमा लिएर बेपत्ता पारेको बलोचिस्तान पोस्टले जनाएको छ ।

मुहम्मद नवाज बुजदरलाई गत सेप्टेम्बर १० मा लोरालाई क्षेत्रबाट सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए भने जफार मारी र गुलाम बुजदरलाई राराशाम क्षेत्रबाट गत अक्टोबर २ मा नियन्त्रणमा लिइएको थियो । बन्धक बनाएका व्यक्तिलाई सुरक्षाकर्मीले हत्या गरेर मुठभेढको नाटक रचेको मानव अधिकारवादी संस्थाहरुले आरोप लगाएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १२ : ४७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका