इद्रिस खटकलाई तुरुन्त रिहा गर्न मानव अधिकारवादी संस्थाको आह्वान | Khabarhub Khabarhub

इद्रिस खटकलाई तुरुन्त रिहा गर्न मानव अधिकारवादी संस्थाको आह्वान


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मानव अधिकारवादी संघसंस्थाले पाकिस्तानमा जेल जीवन बिताइरहेका सामाजिक अभियन्ता इद्रिस खटकलाई तत्काल रिहा गर्न माग गरेका छन् । फ्रन्ट लाइन डिफेन्डर्सले इद्रिसको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनलाई तत्काल रिहा गर्न माग गरेको हो ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै उक्त संस्थाले उनलाई तत्काल रिहा गर्न आह्वान गरेको हो । इद्रिसलाई सन् २०१९ को नोभेम्बर महिनामा पक्राउ गरिएको थियो ।

सन् २०२१ को डिसेम्बरमा उनलाई सैन्य अदालतले १४ वर्षको जेल सजाय सुनाएको थियो । पछिल्लो ५ वर्षयता उनी जेलमा छन् । उनलाई राखिएको कारागारमा अस्वस्थ र असुरक्षित वातावरण रहेको उक्त संस्थाको भनाइ छ ।

उनले पाकिस्ताका जातीइ एवम् धार्मिक अल्पसङ्ख्यकको अधिकारका लागि अभियान सञ्चालन गर्दै आएका थिए । इद्रिस पाकिस्तानी सेनाले खैबर पख्तुनख्वा प्रान्तमा चलाएको सैन्य अभियानको आलोचक थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  १ : ५३ बजे

एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि नेपाली

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार