सामूहिक बलात्कारको आरोपमा बंगलादेशमा दुई चिनियाँ पक्राउ | Khabarhub Khabarhub

सामूहिक बलात्कारको आरोपमा बंगलादेशमा दुई चिनियाँ पक्राउ


२८ कार्तिक २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सामूहिक बलात्कार गरेको आरोपमा बंगलादेशमा दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । गाजिपुर क्षेत्रमा एक जना महिलामाथि सामूहिक बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको ढाका ट्रिब्युनले जनाएको छ ।

पक्राउ पर्नेमा अब्दुर रहमान बताउने २८ वर्षीय वाङ झाओ याङ र ४५ वर्षीय वाङ झाओफेङ रहेका छन् । गाजिपुरको कशिमपुरमा अर्का चिनियाँ नागरिक ४१ वर्षीय याङ जिङसँगै उनीहरु भाडामा बस्दै आएका थिए ।

सो क्षेत्रमा बस्दै गर्दा वाङ झाओ याङले एक जना सम्बन्धविच्छेद भएकी महिलासँग विवाह गरेका थिए । विवाह गरेको तीन महिनापछि उनले साथीसँग मिलेर आफ्नै श्रीमतीमाथि बलात्कार गरेको जनाइएको छ ।

बंगलादेशबाट भागेर चीन जान लागेका बेला उनीहरुलाई राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिइएको हो । उनीहरुलाई पक्राउ गरी गाजिपुरमा रहेको महानगरीय अदालतमा उपस्थित गराइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८१, बुधबार  ११ : ०५ बजे

एसएसएफको साढे पाँच वर्ष : साढे पाँच लाख पनि पुगेनन्‌ योगदानकर्ता

काठमाडौं – सामाजिक सुरक्षा कोषले योगदान रकम सङ्कलन थालेको साढे

दुर्गा प्रसाईंलाई सर्वोच्चमा उपस्थित गराइयो

काठमाडौं – मेडिकल व्यावसायीका रुपमा चिनिने दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराइएको

पाकिस्तानमा भएको साम्प्रदायिक झडपमा ८८ जनाको मृत्यु

 एजेन्सी – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको कुर्रम जिल्लामा भएको

विद्यार्थी घटेपछि बागलुङका दश विद्यालय बन्द

गलकोट – विद्यार्थी सङ्ख्या न्यून भएपछि यहाँको जैमिनी नगरपालिकाका १०

रविलाई रिहाको माग गर्दै माइतिघरमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा रिहा