साना दललाई साइजमा ल्याउन कांग्रेस-एमाले मिल्नुपर्‍यो : शंकर पोखरेल « Khabarhub

साना दललाई साइजमा ल्याउन कांग्रेस-एमाले मिल्नुपर्‍यो : शंकर पोखरेल


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले साना दललाई आफ्नो साइजमा ल्याउन कांग्रेस र एमाले मिल्नु परेको बताएका छन् ।

बुधवार पार्टी मुख्यालय च्यासलमा एमाले युवा-विद्यार्थी विशेष जिल्ला कमिटीको पाँचौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै महासचिव पोखरेलले जनमत गुमाएका दलहरूको सत्तामा हालीमुहाली हुँदा देशमा अस्थिरता निम्तिएर विकासको काम रोकिएको बताए ।

संघीय संसद्मा ३२ सिट ल्याउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पूरै अवधि मुलुकको शासन गर्ने हुंकार गरेपछि दुई ठूला दलले सहकार्य गरेको उनले प्रष्ट पारेका छन् ।

जनमत गुमाउँदै गएको माओवादीले संसद्‍मा ३२ सिटलाई म्याजिक नम्बर भनेपछि कांग्रेस र एमालले सत्ता सहकार्य गर्नुपर्ने परिस्थिति बनेको उनले प्रष्ट पारे ।

पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्व दिन संविधान संशोधन गर्ने पनि बताए । ‘हामीले भनेका छौँ–स्थायित्वको आधार खोजी गर्न संविधानको रिभ्यु गर्नेछौँ, कानुनको पुनरावलोकन गर्नेछौँ, संरचनागत सुधार गर्नेछौँ’, पोखरेलले भने ।

नेपालको राजनीतिमा जनमत गुमाएकाले शासन गरेर लोकतन्त्रलाई मजाक बनाउने गरेको पोखरेलले बताए । ‘तपाईंहरूले सुन्न भएको होला एक समय २ सय ७५ सिट भएको संसदमा ३२ नम्बर त म्याजिक नम्बर, यही ३२ नम्बरले पाँच वर्ष नै शासन गर्छ भन्ने हुङ्कार पनि सुन्नु भयो’, उनले भने ।

पोखरेलले देश निर्माणको काम युवा विना सम्भव नहुने पनि बताए । राष्ट्र निर्माणमा युवा परिचालन आवश्यक रहेको उनले स्पष्ट पारे । सामाजिक अराजकताको अन्त्य नगर्ने हो भने देश बर्बादीतर्फ जाने पोखरेलले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १२ : ३५ बजे

नाइजेरियामा भएको आक्रमणमा २० जनाको मृत्यु

नाइजेरिया– नाइजेरियाको मध्य पठार राज्यमा अज्ञात सशस्त्र समूहले गरेको आक्रमणमा

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको

रास्वपा महाधिवेशनमा प्रतिनिधि शुल्क नलिने निर्णय, बुझाएको रकम फिर्ता लिन सकिने

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले

सभापतिमा लामिछानेसँग प्रतिस्पर्धा गर्न खोजेका साहको प्रतिनिधिबाट नै नाम हटाइयो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा सभापति पदमा रवि लामिछानेसँग प्रतिस्पर्धा

बन्दसत्रमा नेताहरूलाई रविको आग्रह- गुट उपगुटका नाममा राजनीति नगर्नुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले दुःख गरेर