नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन ‘साफा’ अवार्डबाट सम्मानित « Khabarhub

नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन ‘साफा’ अवार्डबाट सम्मानित


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंक लिमिटेडलाई दक्षिण एसियाकै (निजी बैंक तर्फ) उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्डस्मा मेरिट अवार्ड प्रदान गरिएको छ । साउथ एसियन फेडरेसन अफ एकाउन्टेन्स् (साफा)ले सोमबार श्रीलंकामा आयोजित विशेष सभामा नबिललाई मेरिट अवार्डबाट पुरस्कृत गरेको हो ।

दक्षिण एसियाका निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा नबिल बैंकको वित्तीय पारदर्शिता, जबाफदेहिता तथा सुशासनको लागि यो अवार्ड प्रदान गरिएको साफाले जनाएको छ ।

साफाले हरेक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय संस्थाहरूको वार्षिक प्रतिवेदनको मूल्याङ्कन गर्दै उत्कृष्टलाई सम्मान प्रदान गर्छ ।

साउनमा नबिल बैंकले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड (गोल्ड) जितेको थियो ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  १ : ०८ बजे

टिपर र बस ठोक्किँदा १० जना घाइते

झापा– गौरादह नगरपालिका-५ स्थित स्कुलचौन बजारमा आज बिहान यात्रुबाहक बस

सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य पदका लागि दरखास्त आह्वान

काठमाडौं– सरकारले राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्य

बुद्धका शिक्षासँग जेनेभा महासन्धिको सम्बन्धबारे जेनेभामा उच्चस्तरीय विमर्श

काठमाडौं– संयुक्त राष्ट्रसङ्घ तथा अन्य अन्तर्राष्ट्रिय सङ्गठनहरूका लागि जेनेभास्थित नेपालको

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, ५० लाखको क्षति

वीरगञ्ज– राष्ट्रिय पन्छी अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु

होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र

एजेन्सी– संयुक्त राज्य अमेरिकाले होर्मुज जलसन्धि क्षेत्रमा दुई इरानी तेल