फिलिपिन्समा उसागीको आतंक : हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा सारियो « Khabarhub

फिलिपिन्समा उसागीको आतंक : हजारौं मानिसलाई सुरक्षित क्षेत्रमा सारियो


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– फिलिपिन्सले ‘उसागी’ नाम दिइएको विनाशकारी आँधीको चेतावनीपछि बिहीबार प्रभावित क्षेत्रका हजारौं मानिसहरूलाई खाली र सुरक्षित क्षेत्रमा सारेको छ । 

आँधीको प्रभाव यसपहिले नै अर्को आँधीबाट प्रभावित उत्तरतर्फ अघि बढ्दै गएपछि आँधीबेहरीको चेतावनी जारी गरिएको हो । प्रति घण्टा १८५ किलोमिटर सम्मको निरन्तर हावासँगै उसागी आँधी लुजनको मुख्य टापुमा अवतरण गर्ने सम्भावना रहेको जनाइएको छ ।

विनाशकारी मौसमी लहरले यसअघि नै  १५९ जनाको ज्यान लिएको छ भने राष्ट्रसङ्घलाई प्रभावित क्षेत्रहरूका लागि तीन करोड २० लाख ९० हजार अमेरिकी डलर सहयोगको  प्रस्ताव अन्तर्राष्ट्रिय समुदायसँग गरेको छ ।

राष्ट्रिय मौसम विभागका अनुसार आँधीले हल्का सामग्रीको संरचनामा लगभग पूर्ण क्षति पुर्‍याउन सक्छ । भारी वर्षा र तीन मिटरसम्मको सम्भावित कडा छालहरूको पूर्वानुमान गरी आँधीको चेतावनी उच्च चरणमा लागू गरिएको छ  ।

कागायन प्रान्तमा आँधीले अवतरण गर्ने अपेक्षा गरिएकाले बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले  जनाएका छन् । कागायनका नागरिक सुरक्षा प्रमुख रूएली राप्सिङले स्थानीय सरकारहरूले ४० हजार मानिसहरूलाई आश्रयमा लैजाने बताएका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  २ : १२ बजे

प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौं– प्रतिनिधिसभाको बैठक आइतबारसम्मका लागि स्थगित गरिएको छ । शुक्रबार

विरोध र आलोचना लोकन्त्रको सुन्दर पक्ष हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र आलोचना लोकतन्त्रको

विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट आएको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौं– ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश राष्ट्रियसभा

राष्ट्रियसभा : शोक प्रस्ताव पारित

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त

तेइस वर्षीया आकाङ्क्षा रास्वपाको केन्द्रीय सदस्य

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनले चितवनकी २३ वर्षीया