सामाजिक सञ्जाल विधेयक–२०८१ पुनर्लेखन गर्नुपर्छ : शेखर कोइराला | Khabarhub Khabarhub

सामाजिक सञ्जाल विधेयक–२०८१ पुनर्लेखन गर्नुपर्छ : शेखर कोइराला


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सामाजिक सञ्जाल विधेयक–२०८१ पुनर्लेखन हुनुपर्ने बताएका छन् ।

मिडिया लयर्स एशोसिएसनले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा कोइरालाले कानून नागरिकका लागि बनाइने भएकाले नागरिकतहमा छलफल गरेर उक्त विधेयकलाई पुनर्लेखन गर्नुपर्ने बताएका हुन् । नागरिकलाई दण्डित गर्ने गरि बनाइने कानून उचित नहुने उनले बताए ।

उनले संविधानसँग बाझिएका कानूनहरूलाई पनि संशोधन गर्नुपर्ने धारणा राखे । संविधानमा लेखेका कुराहरुलाई अक्षरस कार्यान्वयन गर्ने गरि कानून बनाउनुपर्नेमा त्यसमा चुकेको उनको भनाइ छ । उनले विश्वका कुनै पनि सरकार निरङ्कुशतातर्फ नै जाने भएकाले त्यसमा कुनै शंका गर्नुनपर्ने जिकिर गरे ।

उनले नेपालमा छिटो छिटो सरकार परिवर्तन हुने भएकाले प्रतिपक्ष वा सत्तापक्ष भन्नेमा धेरै जोड दिन नहुने बताए । 

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  ५ : ४९ बजे

ईशनाथ नगरपालिका –१ का वडाध्यक्ष साहको निधन

चन्द्रपुर– मिर्गौलापीडित ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको उपचारका क्रममा

छुर्पीको गुणस्तरसम्बन्धी मापदण्डको प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरिने

काठमाडौं– छुर्पीको अनिवार्य गुणस्तरसम्बन्धी मापदण्ड मन्त्रिपरिषद्बाट स्वीकृतिका लागि प्रस्ताव लैजान

देशका अधिकांश भागमा आज मौसम सफा रहने

काठमाडौं– हाल देशभर पश्चिमी  तथा पहाडी भागमा स्थानीय वायुको सामान्य

हिमाल हेर्न कोखेडाँडा

पर्वत – मोदी गाउँपालिका वडा नम्बर १ झिलिबराङ्गस्थित कोखेडाँडा पर्यटकीय

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल कात्तिक ३० गते शुक्रबार सन्