धमाधम हटाइँदै जुद्ध शालिक क्षेत्रबाट बिजुलीका पोल (तस्बिरहरू) « Khabarhub

धमाधम हटाइँदै जुद्ध शालिक क्षेत्रबाट बिजुलीका पोल (तस्बिरहरू)


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ विस्तार अभियान अझै जारी छ ।

काठमाडौं महानगरपालिका र सडक विभागबीच लामो जुहारीपछि अदालतको आदेशमा फुटपाथ विस्तारले गति लिएको थियो ।

यस्तोमा महानगरले सडक घटाएर फुटपाथ विस्तारलाई निरन्तरता दिइरहेको छ । त्यहीक्रममा न्यूरोडस्थित जुद्ध शालिकदेखि इन्द्रचोकसम्मको फुटपाथ ढाकेका बिजुलीका पोल पनि हटाइँदैछ ।

महानगरले बिजुलीका ठूला पोलसहित त्यहाँ असरल्ल झुन्डिएका तार पनि हटाएर व्यवस्थापन गरिरहेको छ। पोल र तार हटाइएपछि जुद्ध शालिकदेखि इन्द्रचोसम्मको क्षेत्र सफा देखिन थालेको छ ।

महानगरले त्यस क्षेत्रबाट इन्टरनेटका तारसमेत व्यवस्थापन गरिरहेको छ । अहिले सहरी क्षेत्रमा बिजुली र इन्टरनेट दुवैका तार भूमिगत गरिँदैछ । तार भूमिगत रुपमा लगिएपछि अब पोल पनि हटाइएको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  १ : १५ बजे

सुदूरपश्चिम सरकारविरुद्धको रिटमा सर्वोच्चले माग्यो लिखित जवाफ

सुदूरपश्चिम– सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेश सरकारविरुद्ध दायर बजेटसम्बन्धी उत्प्रेषण रिट

शरणार्थी फिर्ती विवादबीच म्यानमाका सैन्य नेता मलेसिया पुगे

क्वालालम्पुर- म्यानमाका सैन्य–समर्थित सरकारका नेता मिन आङ ह्लाइङ बुधबार मलेसिया पुगेका

बेपत्ता भएकाको मृत घोषणा अवधि १२ वर्षबाट घटाएर ४५ दिन बनाउने सरकारको निर्णय

काठमाडौं– सरकारले बेपत्ता भएका व्यक्तिहरुलाई मृत्यु घोषणा गर्न देखिएका कानूनी

हेटौँडा अस्पतालको सेवा विस्तार गरिने

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बढ्दो बिरामीको चापलाई

नीति अनुसन्धान प्रतिष्ठानका २० अनुसन्धान परियोजनामाथि छलफल

काठमाडौं– नीति अनुसन्धान प्रतिष्ठानले चालु आर्थिक वर्षमा सञ्चालन गर्ने विभिन्न