दीपकराजको चेतावनी- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु « Khabarhub

दीपकराजको चेतावनी- मलाई महानायक भने फेसबुकमा ब्लक गर्छु


३० कार्तिक २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कलाकार, निर्देशक तथा निर्माता दीपकराज गिरी सामाजिक सञ्जालमा गर्ने हरेक पोष्टका कारण चर्चामा आइरहन्छन् ।

यस पटक पनि उनले शुक्रबार गरेको एउटा पोस्टका कारण चर्चा बटुलेका छन् । उनले सामाजिक सञ्जालमा आफूलाई महानायक नभन्न आग्रह गरेका छन् ।

छक्कापञ्जा ५ रिलिज हुँदा बहिष्कार अभियान नै खेपेका उनले अब महानायक भनेर सम्बोधन गरेमा फेसबुकमा ब्लक गरिदिने चेतावनी दिएका हुन् ।

गिरीले आफूले कहिल्लै पनि यो पद दाबी नगरेको बताउँदै आफूलाई त्यसो भनेर सम्बोधन नगर्न आग्रह गरेका हुन् ।

उनले भनेका छन्-

…अर्को सानो जानकारी गराउँदैछु, आजबाट जस-जसले मलाई महानायक सम्बोधन गर्नुहुन्छ, उहॉलाई मेरो फेसबुकमा ब्लक गर्दैछू, यो पद न मैले कहिले दाबी गरेको थिएँ न गर्नेछु । तर मैले बारम्बारभन्दा पनि भेडापन्थी देखाउने मानिस कमसेकम मेरो फेसबुकमा जोडिन सक्दैन । …फरक विचार स्वागत, असभ्यता अस्वीकार, शुभदिन !

प्रकाशित मिति : ३० कार्तिक २०८१, शुक्रबार  २ : १४ बजे

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये

समूह विजेता बन्दै नेपाल एसियन गेम्सको अघिल्लो चरणमा : क्वाटरफाइनलमा श्रीलंकासँग भिड्ने

काठमाडौँ – एसियन गेम्स क्रिकेट अन्तर्गत समूह ‘ए’को विजेता बन्दै

म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन

म्याग्दी– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत म्याग्दीका सबै स्थानीय तहमा नेतृत्व

जलवायु वित्त तथा वन शासनमा आदिवासी जनजाति युवा तथा महिलाको भूमिका विषयक कार्यशाला सम्पन्न

सुर्खेत– नेपाल ग्रामीण पुनर्निर्माण संस्था (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल

एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकालाई इरानको प्रस्ताव

काठमाडौँ– इरानले एक साताभित्र स्ट्रेट अफ होर्मुज खोल्न सकिने अमेरिकासामु