राजा र गाई बोकेर हिँड्नेहरुले नै गाई मारेर पाखण्डीपन देखाएः डा.भट्टराई « Khabarhub

राजा र गाई बोकेर हिँड्नेहरुले नै गाई मारेर पाखण्डीपन देखाएः डा.भट्टराई


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गाई र राजालाई बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्डता देखाएको प्रतिक्रिया दिएका छन् ।

समाजवादी पार्टीको प्रदेश ३ समायोजन कार्यदलले आयोजना गरेको पार्टी समायोजन कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई राप्रपा, कांग्रेस र सत्तारुढ दलमाथि आक्रमक रुपमा प्रस्तत भए।

उनले राप्रपालाई राजतन्त्रको भूत, कांग्रेसलाई बृद्ध र सत्तारुढ नेकपालाई भ्रम छरेर बाँचिरहेको पार्टी भएको आरोप लगाए। उनले राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो, त्यसले तपाईंहरुले देख्नुभयो आफ्नै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड’, उनले भने, ‘७० वर्षभन्दा पुरानो नेपाली कांग्रेस खोच्याउँदै खोच्याउँदै अगाडि हिंडिराखेकै छ। झण्डै ७० वर्षदेखिका विभिन्न कम्युनिस्ट घटकहरु मिलेर नेकपा डबल बनेको छ। त्यसले पनि जनतालाई साम्यवादको सपना देखाएर जनतालाई भ्रम छरिराखेकै छ।’

अध्यक्ष भट्टराईले पुराना दलहरुले जनतालाई भ्रम छर्दै ठगिरहेको आरोप लगाए। ‘एउटाले लोकतन्त्रको नाममा जनतालाई ठगिराखेको छ। अर्कोले साम्यवादको नाममा नेताहरुले आफ्नो महल ठड्याएर विभिन्न देशमा परिवारसहित लाखौं खर्च गरेर भ्रमण गरेर बिताएका छन्’, उनले भने, ‘अर्कोले धर्मको पाखण्ड देखाएर त्यस्तो अपराध गरिरहेका छन्। यस्ता पुराना शक्तिहरुको युग अब समाप्त भयो।’

उनले आज विहान मात्रै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्-

गौहत्या छानविन समितिको कार्यक्षेत्र अलि विस्तार गरे कसो होला ? हालै,बाँके-बर्दिया-कैलाली जाँदा पू-प लोकमार्ग र दक्षिणी सीमासम्म जोड्ने सडक/चौकमा असामान्य रूपमा छाडा गाईगोरू देखिन्थे ! के कारण होला ? खुला सीमाका दुवैपट्टि गौबध प्रतिबन्धित भए पछि करोड़ौ् बुढा गाई/गोरू के गर्ने होला ?

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ८ : ४६ बजे

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम

स्विडेनसँग बराबरी खेल्दै जापान विश्वकपको नकआउट चरणमा

काठमाडौँ – जारी २०२६ विश्वकपको समूह चरणको आफ्नो अन्तिम खेलमा

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा