दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खला भारतलाई, कीर्तिमानको ओइरो  | Khabarhub Khabarhub

दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खला भारतलाई, कीर्तिमानको ओइरो 


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सञ्जु सामसन र तिलक बर्मा दुवैले शतक प्रहार गरे पछि भारतले दक्षिण अफ्रिकाविरुद्धको टी–२० शृङ्खलामा कीर्तिमानको ओइरो लगाएको छ ।

जोहन्सबर्गमा भएको चौथो तथा अन्तिम खेलमा दुवैले शतक प्रहार गरेपछि भारतले पाँचौँ पटक दक्षिण अफ्रिका विरुद्धको टी–२० शृङ्खला जितेको हाे । भारत १३५ रनले विजयी भयो ।

भारतले दिएको २८४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका १० बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १४८ रनमा सीमित भएको थियो ।

दक्षिण अफ्रिकाका ट्रिस्टियन स्टब्सले ४३ तथा डेभिड मिलरले ३६ रन बनाउनु बाहेक अन्य खेलाडीले खासै प्रभाव राख्न सकेनन् । मार्को जोन्सनले १२ बलमा २९ रन जोडे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको भारत सुरुवातदेखि नै आक्रामक भएको थियो । अभिषेक शर्मा १८ बलमा ३६ रन बनाए पछि आउट भए पनि सञ्जु सामसन र तिलक बर्माले आक्रमण जारी राखेका थिए ।

म्यान अफ द म्याच समेत घोषित बर्माले ४७ बलमा १२० रन प्रहार गर्दै शतक पुरा गरे । यो उनको लगातार दोस्रो टी–२० शतक हो । हैदरावादका २२ वर्षीय बर्मा १९औँ  टी– २० अन्तर्राष्ट्रिय खेल्दा महत्त्वपूर्ण कीर्तिमान राख्न सफल भएका हुन् । उनी टी–२० अन्तर्राष्ट्रियमा लगातार शतक प्रहार गर्ने दोस्रो भारतीय तथा समग्रमा पाँचौँ ब्याट्सम्यान हुन् ।

बर्मा खेलका म्यान अफ द म्याच तथा म्यान अफ सिरिज पनि घोषित भए । पहिलो खेलमा शतक प्रहार गरेर लगातार दुई खेलमा शून्यमा आउट भएका सामसन पनि शृङ्खलामा दोस्रो शतक प्रहार गर्न सफल भए । सामसनले ५६ बलमा १०९ रन जोडे ।

आईसीसीको पूर्ण सदस्यको विरुद्धमा एउटै शृङ्खलामा ४ शतक प्रहार भएको यो पहिलो पटक हो । यो दक्षिण अफ्रिकामा सबै भन्दा धेरै योगफल हो । भारतले बनाएको दोस्रो ठूलो योगफल पनि हो । एउटै पारीमा दुई सतक पनि यो तेस्रो पटक प्रहार भएको हो ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ७ : ४७ बजे

सर्वोच्चमा प्रस्तावित न्यायाधीश र न्यायपरिषद् सदस्यको नाम अनुमोदन

काठमाडौं– संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीश र

बिक्री घटेपछि चल्ला उत्पादन बन्द

चितवन– नेपाल ह्याचरी उद्योग सङ्घले सोमबारदेखि यही असार २९ गतेसम्म

गण्डकी प्रदेशसभा बैठक बस्दै

पोखरा– गण्डकी प्रदेशसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १

क्रिकेटमा नेपालको सफलता खेलाडीहरूको समर्पण र मेहनतको प्रतिफल : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र

लहानमा ‘सुत्केरी तथा गर्भवती पोषण प्याकेज कार्यक्रम’

सिरहा– लहान नगरपालिकाले तीन वर्षअघिदेखि सञ्चालन गर्दै आएको ‘सुत्केरी तथा