डढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश « Khabarhub

डढेलोको खतराका कारण अस्ट्रेलियामा सहरहरू खाली गर्न आदेश


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– दक्षिणपूर्वी अस्ट्रेलियाली सहरका बासिन्दाहरूलाई सम्भावित डढेलो (बुशफायर) को जोखिमका कारण वासस्थान खाली गर्न आदेश दिइएको छ  ।

दक्षिणपूर्वी राज्य भिक्टोरियाका अधिकारीहरूले शनिबार अष्ट्रेलियाका पश्चिमी र दक्षिणपश्चिमी समुदायहरूका लागि आपतकालीन चेतावनी जारी गरेका छन् । 

अधिकारीहरूले चेतावनीमा जोखिम न्यूनिकरणको सुरक्षित विकल्प निकासी भएको उल्लेख गर्दै अवस्था  धेरै बिग्रन सक्ने र यही बसेमा आपतकालीन सेवासमेत प्रवाह गर्न नसक्ने तथा  गम्भीर चोटपटकसहित मृत्युको जोखिम हुन सक्ने जनाएका छन् ।  

मौसम विज्ञान विभागले शनिबार दक्षिणी र पूर्वी अस्ट्रेलियाका धेरै भागमा विनाशकारी आगलागीको  खतरा रहेको पूर्वानुमान गरेको छ । मेलबर्नबाट करिब एक सय किलोमिटर पश्चिममा रहेको सानो भिक्टोरियन सहर डेरेलमा लागेको आगोसँग लड्न २० वटा भन्दा बढी फायर ट्रकहरू तैनाथ गरिएको जनाइएको छ  ।

अधिकारीहरूले शनिबार उत्तरपश्चिम भिक्टोरियामा आगो पूर्ण प्रतिबन्धको घोषणा गरी मुलुकभर  सतर्कता अपनाउन सल्लाह दिएका छन् । भिक्टोरियाको धेरै भागमा भने भारी वर्षाको पूर्वानुमानका साथ आइतबार अवस्था सहज हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  २ : ४६ बजे

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त

कानुनसहित चारवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दैछ ।

भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयद्वारा प्रस्तावित ‘राष्ट्रिय जलवायु नीति,

यी भूभागमा हल्का वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल