खेलकुदले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ : मुख्यमन्त्री कार्की « Khabarhub

खेलकुदले राष्ट्रलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउँछ : मुख्यमन्त्री कार्की


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

धरान– कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यहाँ सञ्चालित अखिल नेपाल फुटबल सङ्घ (एन्फा एकेडेमी) का खेलाडीलाई आज फुटबलका सामग्री वितरण गरेका छन् ।

धरान उपमहानगरपालिका–१७ स्थित प्रदेश फुटबल सङ्घद्वारा आयोजित कार्यक्रममा खेलकुद हस्तान्तरण सामग्री वितरण गर्दै मुख्यमन्त्री कार्कीले खेलकुदले खेलाडीलाई मात्र नभई समग्र राज्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने बताए। 

मुख्यमन्त्री कार्कीले भने, ‘फुटबलका क्षेत्रमा जुन लगानी हुनुपर्ने त्यो भएको छैन । खेल र खेलाडीमा लगानी कम हुँदाहुँदै पनि हाम्रा विभिन्न विधाका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरी मुलुकको पहिचान अन्तर्राष्ट्रिय जगतमा पुर्‍याइरहेका छन् ।’

कार्यक्रममा एन्फा एकेडेमी धरानका ३० जना खेलाडीलाई जर्सी, जुत्ता, ट्र्याकसुटलगायत फुटबल सामग्री वितरण गरिएको छ । 

कार्यक्रममा कोसी प्रदेशका सांसद रमेशकुमार बस्नेत, विजय राई, वरिष्ठ पत्रकार हर्ष सुब्बा, मजदुर सङ्गठनको केन्द्रीय अध्यक्ष भीम ज्वाला राईलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिको उपस्थिति थियो । 

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  ५ : १३ बजे

प्रतिनिधिसभाबाट आर्थिक विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८३ पारित भएको छ ।   आइतबार

सदनमा अर्थमन्त्रीको जवाफ- विदेश पढ्न जाने विद्यार्थीका लागि मुद्रा सटही शुल्क उचित छ, कर तिर्नैपर्छ 

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रबाट सङ्कलन

पोखरामा २१ औँ रोपाइँ महोत्सव (तस्बिरहरू)

पोखरा– कास्कीको लेखनाथस्थित शिशुवामा पोखरा पर्यटन परिषद्ले आयोजना गरेको २१औँ रोपाइँ

‘हरेक क्षेत्रको विकासका लागि प्रविधि अनिवार्य भएको छ’

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हरेक क्षेत्रको विकासका लागि

शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै उद्यमशीलतामा केन्द्रित हुन आवश्यक : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहाय प्रसाद यादवले शिक्षालाई अनुसन्धान र नवप्रवर्तनमा जोड्दै