क्षमताभन्दा बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या | Khabarhub Khabarhub

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन कारागार कार्यालय भरतपुरमा चार्डपर्वको समयमा ५९ जना कैदीबन्दी थपिएका छन् । गत असोज १५ गते सात सय ५६ कैदीबन्दी रहेको कारागारमा कात्तिक मसान्तसम्ममा ८१५ कैदीबन्दी पुगेको कारागार कार्यालय भरतपुरले जनाएको छ ।

कार्यालयका प्रमुख कमलप्रसाद आचार्यका अनुसार थपिएका कैदीबन्दीमा लागुऔषध र चोरी मुद्दाका बढी रहेका छन् । कारागारमा कैदीबन्दी थपिएसँगै व्यवस्थापनमा कठिनाइ भएको उनको भनाइ छ ।

उनका अनुसार कारागारमा क्षमताभन्दा झण्डै तेब्बर कैदीबन्दी रहेका छन् । हाल २५ जनाको क्षमता रहेको महिला बन्दीगृहमा ४९ र दुई सय ५५ जनाको क्षमता रहेको पुरुष बन्दीगृहमा सात सय ६६ जना रहेका छन् । उनीहरूसँग तीन जना आश्रित बालबालिका पनि रहेका छन् ।

यहाँ छिमेकी जिल्ला नवलपरासी (बर्दघाट सुस्तापूर्व)बाट समेत कैदीबन्दी ल्याउने हुँदा चाप बढेको उनले भनाइ छ । अहिलेसम्म व्यवस्थापन गरिएको भए पनि अब कैदीबन्दी बढ्दो क्रममा आए व्यवस्थापनमा कठिनाइ हुने उनले बताए ।

अहिले कारागारमा मौसममा आएको परिवर्तनसँगै ज्वरो र रुघाखोकीका बिरामी बढ्न थालेका छन् । आचार्यका अनुसार अहिले २०–२५ जना रुघाखोकीका बिरामी रहेका छन् । उनीहरुलाई स्वास्थ्य शाखाबाट निगरानीमा राखेर उपचार गरिएको छ ।

भीडभाड हुने क्षेत्र भएकाले रोग फैलनसक्ने उनको भनाइ  छ । उनले कार्यालयले कैदीबन्दीका लागि आवश्यक न्यानो कपडा वितरण गर्ने तयारी गरेको जानकारी दिए ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  १२ : २९ बजे

मुकुन अब भिलेन !

काठमाडौं- डेब्यू फिल्म ‘बुलबुल’बाटै स्थापित ‘भाग्यमानी’ नायक हुन्- मुकुन भुसाल

घोराही सिमेन्टको ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा

काठमाडौं– घोराही सिमेन्ट इन्डस्ट्रीले ‘ढलाई मिक्स पीपीसी सिमेन्ट’ बजारमा ल्याएको

राष्ट्र बैंक भन्छ- साइबर ठगीमा विद्यार्थी सबैभन्दा बढी संलग्न भए

काठमाडौं– नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन

रास्वपाले भन्यो- हामी बीआरआईको विपक्षमा छैनौँ, तर सरकारले छलफल गरोस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफूहरू चीनले

रास्वपाले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन थाल्ने

काठमाडौं–राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन