रास्वपाले भन्यो- हामी बीआरआईको विपक्षमा छैनौँ, तर सरकारले छलफल गरोस् « Khabarhub

रास्वपाले भन्यो- हामी बीआरआईको विपक्षमा छैनौँ, तर सरकारले छलफल गरोस्


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


330
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले आफूहरू चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) कै पक्षमा रहेको बताएका छन् ।

पार्टी कार्यलयमा च:मतीमा भएको पत्रकार सम्मेलनमा उनले बीआरआईबारे स्पष्ट निर्णय आउनुपर्ने बताएका छन् । वाग्लेले चीन र नेपाल दुवैतिरबाट स्पष्ट धारणा आइसकेपछि औपचारिक रुपमा बोल्ने पनि बताए ।

वाग्लेले बीआरआईको स्पष्ट खाका पहिले आउनुपर्नेमा जोड दिएका छन् ।

आगामी मंसिर १७ गते चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले बीआरआईबारे छलफल गर्ने चर्चाबीच वाग्लेलाई पत्रकारले यसबारे सोधेका थिए ।

‘हामी विपक्षमा छैनौँ । तर यसमा स्पष्टता चाहन्छौँ । तर अनुदान र ऋण के हो स्पष्ट धारणा आउनुपर्छ । बीआरआईबारे नेपालको धारणा हामीले थाहा पाउनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्री ओलीले छलफलको प्रस्ताव ल्याउनु भएको छैन । हामी स्पष्ट धारणा कुरिरहेका छौँ । अनुदान र ऋण अन्तर्राष्ट्रिय रूपमा आएको छ । त्यसमा नेपालको ५०, ६० वर्षको अनुभव छ । यसबारे स्पष्ट धारणा आउनुपर्छ । बीआरआईको टीओआर के हो, थाहा हुनुपर्छ ।’

उनले देशको चौथो ठूलो दललाई सरकारले बीआरआईबारे स्पष्ट धारणा बताउनुपर्नेमा पनि जोड दिएका छन् ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ४ : ३५ बजे

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक

पहिरोका कारण म्याग्दीका १९ घरमा क्षति

म्याग्दी । पछिल्लो तीन दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दीको जनजीवन

त्रिशुलीको कटानले जोखिममा रागिनास

काठमाडौँ । त्रिशुली बाढीको कटानले गोरखाका दुई घर उच्च जोखिममा