कीर्तिपुरकी कार्यवाहक मेयरको कार्यकक्षमा वडाध्यक्षको तोडफोड « Khabarhub

कीर्तिपुरकी कार्यवाहक मेयरको कार्यकक्षमा वडाध्यक्षको तोडफोड


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


450
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको कीर्तिपुर नगरपालिकाकी कार्यवाहक मेयर शुभलक्ष्मी शाक्यको कार्यकक्षमा एकजना वडाध्यक्षले तोडफोड गरेका छन् ।

वडा नम्बर ३ का वडाध्यक्ष सुविन्द्र महर्जनले कार्यवाहक मेयरको कार्यकक्षमा तोडफोड गरेका हुन् ।

कार्यवाहक मेयर शाक्य र वडाध्यक्षहरूबीच सचिवालयमा छलफल भइरहेका बेला वडाध्यक्ष महर्जनले तोडफोड गरेका हुन् ।

वडाध्यक्ष महर्जनले प्रमुख प्रशासकीय अधिकृतसँग भेट्न खोज्दा समय नदिएको भन्दै टेबलमा प्रहार गरेका थिए । वडाध्यक्ष महर्जनले टेबलमा प्रहार हान्दा सिसा फुटेर छरिएको छ ।

कार्यवाहक मेयर शाक्यले पनि वडाध्यक्षले तोडफोड गरेको जानकारी दिएकी छन् ।

मेयर राजकुमार नकर्मीको निधन भएपछि शुभलक्ष्मीले कार्यवाहक मेयरको जिम्मेवारी सम्हाल्दै आएकी छन् । मेयर पदका लागि मंसिर १६ गते मतदान हने तालिका छ ।

त्यसका लागि आइतबार उम्मेदवारी मनोनयन भइसकेको छ ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : ११ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु