कात्तिकमा ३३ हजार ५१४ वटा लिखत पारित, एक अर्ब पनि उठेन पुँजीगत लाभकर « Khabarhub

कात्तिकमा ३३ हजार ५१४ वटा लिखत पारित, एक अर्ब पनि उठेन पुँजीगत लाभकर


२ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालको घरजग्गा व्यवसायले गति लिन लिन नसकेको तथ्यांकले देखाएको छ । असोज महिनाको तुलनामा घरजग्गा कारोबारमा केही वृद्धि भएको देखिए पनि उल्लेख्य सुधार आउन नसकेको देखिएको हो ।

चालु आर्थिक वर्षको असोज महिनामा ३० हजार ५२७ वटा लिखत पारित भएकोमा कात्तिक महिनामा झिनो संख्याले बढेर ३३ हजार ५१४ वटा लिखत पारित भएको भूमि व्यवस्था तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ ।

साउनमा ४३ हजार ८३५, भदौमा ३२ हजार ७९८ पारित भएको थियो । त्यस्तै, कात्तिक महिनामा २९ वटा अपार्टमेन्ट पारित भएको छ ।
कात्तिक महिनामा सबैभन्दा धेरै भूमि सुधार तथा मालपोत कार्यालय, सुनसरी इनरुवामा १२ सय ४६ वटा लिखत पारित भएको छ भने मालपोत कार्यालय सिर्दिवासमा शून्य कारोबार भएको विभागको तथ्यांकले देखाएको छ ।

अघिल्लो आर्थिक वर्षको साउन महिनामा २९ हजार २६३, भदौ महिनामा ३५ हजार ६८६, असोज महिनामा ३९ हजार ८८१ र कात्तिक महिनामा २६ हजार ४६ वटा घरजग्गाको लिखत पारित भएको थियो ।

त्यस्तै, सरकारले घरजग्गा कारोबारबाट कात्तिक महिनामा ९३ करोड ७७ लाख ९१ हजार ८२० रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको छ । सो रकम असोज महिनाको तुलनामा भने झण्डै १८ अर्बले कमी हो ।

विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउन महिनामा सरकारले घरजग्गा कारोबारबाट १ अर्ब ३४ करोड ६९ लाख ४८ हजार ८६६, भदौ महिनामा १ अर्ब १३ करोड १५ लाख ६५ हजार ११३ रुपैयाँ र असोज महिनामा १ अर्ब ११ करोड ६२ लाख ७१ हजार ७६९ रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको थियो ।

प्रकाशित मिति : २ मंसिर २०८१, आइतबार  ५ : २३ बजे

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर– कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०

रास्वपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ