तीन महिनादेखि तरकारीमा विषादी परीक्षण बन्द | Khabarhub Khabarhub

तीन महिनादेखि तरकारीमा विषादी परीक्षण बन्द


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिका– २ मा रहेको महानगर फलफूल तथा तरकारी बजारको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला विगत तीन महिनादेखि बन्द अवस्थामा रहेको छ । मेसिनमा खराबी देखिएपछि प्रयोगशालाबाट परीक्षणको काम रोकिएको हो ।

कृषि विकास कार्यालय चितवनका सूचना अधिकारी सुरुचि त्रिपाठीका अनुसार गत तीन महिनादेखि मेसिन बिग्रिएपछि विषादी परीक्षणको काम रोकिएको हो ।

दैनिक करिब पाँचवटा नमूनाको विषादी परीक्षण गरिने मेसिन बिग्रिएपछि बनाउनका लागि पठाइएको उनले जानकारी दिए । मौसम अनुसारका ताजा तरकारी तथा फलफूलमा विषादीको अवशेष परीक्षण हुँदै आएको थियो ।

प्रयोगशाला विसं २०७६ असोज ७ गते स्थापना गरिएको थियो । त्यसपछि वार्षिक सात सयभन्दा बढी नमूना परीक्षण गरिँदै आएको थियो । परीक्षणका आधारमा विषादीयुक्त फलफूल तथा ताजा तरकारी नष्ट गर्ने र केही समय राखेर मात्र बिक्री गर्न दिइने गरिएको थियो ।

कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार ‘स्पेक्ट्रो फोटो मिटर’ बिग्रिएकाले निर्माणका लागि काठमाडौं पठाइएको छ । उनले भने, ‘मर्मत भइसकेको छ । हप्ता दश दिनमा यहाँ आइसक्छ । अनि तत्काल काम सुरु हुन्छ ।’

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ११ : २६ बजे

गत वर्ष लक्ष्यको आधा मात्रै, यसवर्ष पूरा होला हजार मेगावाटको लक्ष्य ?

काठमाडौं– गत आर्थिक वर्ष २०८०-०८१ को अवधिमा लक्ष्यको आधाभन्दा कम

दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायर होटल, मीनबहादुरले गरे शिलान्यास

काठमाडौं- काठमाडौंको दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटेलको सोमबार शिलान्यास गरिएको छ

श्रीलंकामा नयाँ मन्त्रिपरिषद् द्वारा शपथ ग्रहण

काठमाडौं– श्रीलंकाको कोलम्बोस्थित राष्ट्रपति सचिवालयमा सोमबार नव गठित मन्त्री परिषद्मा

मङ्सिर १५ मा ‘टुर दी बाँके नेशनल पार्क’ को आयोजना

जानकी – राष्ट्रिय निकुञ्जमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नेपाली सेनाले

कर्मचारी कार्यालय पुगेपछि सार्वजनिक बिदा : दमननाथलाई सम्मान कि अपमान ?

काठमाडौं– गत असोज १० देखि १२ गतेसम्मको अविरल वर्षाका कारण