दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायर होटल, मीनबहादुरले गरे शिलान्यास « Khabarhub

दरबारमार्गमा २५ तले अन्नपूर्ण स्क्वायर होटल, मीनबहादुरले गरे शिलान्यास


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौंको दरबारमार्गमा अन्नपूर्ण स्क्वायर होटेलको सोमबार शिलान्यास गरिएको छ ।

आईटीसी होस्पिटालिटीसँगको साझेदारी पत्रमा हस्ताक्षरको दुई महिनापछि अन्नपूर्ण स्क्वायर होटेलका अध्यक्ष मीनबहादुर गुरुङले सोमबार विधिपूर्वक पूजा गरेर शिलान्यास गरेका हुन् ।

यो होटेल २५ तले संरचनासहितको हुने छ । यो होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा फैलिएको हुनेछ । ३५० कोठे होटलमा ४० कोठा अपार्टमेन्ट र होटल परिसरमा बिजनेस कम्प्लेक्स पनि बनाइनेछ ।

होटेल निर्माणका लागि साढे ६ अर्ब लगानी गुरुङले गर्दैछन् । यो होटेललाई वि.सं. २०८५ देखि सञ्चालन तयारी गरिएको अध्यक्ष गुरुङले बताएका छन् ।

यसअघि सञ्चालनमा रहेको दरबारमार्गस्थित पाँचतारे होटल अन्नपूर्णलाई भत्काएर अत्याधुनिक नयाँ होटल बनाउन लागिएको हो।

यसअघि नै भाटभटेनीका मालिक मीनबहादुर र लिटिल एन्जल्सका मालिक उमेश श्रेष्ठसहितको समूहले होटलको बहुमत सेयर किनेका थिए । त्यसपछि यस होटललाई अन्नपूर्ण स्क्वायर नाम दिइएको हो । नयाँ ब्राण्डिङसहित यस होटलमा भारतीय प्रिमियर ब्राण्ड आईसीटी वेलकमलाई ल्याइएको छ ।

शिलान्यासका क्रममा गुरुङले दक्षिण एसियाकै उत्कृष्ट होटल बनाउने योजना सुनाए । यस होटललाई नेपालकै लक्जरी आतिथ्यतासहितको बनाउने पनि बताएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  २ : २४ बजे

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ

कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

चितवन– कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ ।