‘होस्टेल ३’ : अस्ट्रेलिया र न्युजिल्यान्डको प्रदर्शन अधिकार पनि बिक्यो « Khabarhub

‘होस्टेल ३’ : अस्ट्रेलिया र न्युजिल्यान्डको प्रदर्शन अधिकार पनि बिक्यो


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छायाङ्कनरत फिल्म ‘होस्टल-३’को अस्ट्रेलिया र न्यूजिल्यान्डको प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनीले सोमबार दुवै देशको प्रदर्शन अधिकार ब्ल्याक आइ क्रियशनलाई बेचेको जानकारी दिएको हो ।

यसअघि नै फिल्मको जापान, मलेसिया र मध्यपूर्वका देशहरूको प्रदर्शन अधिकार बिक्री भइसकेको छ । जापानका लागि यूएनए इन्टरटेन्मेन्ट र मध्यपूर्व तथा मलेसियाका लागि आशिष इन्टरटेन्मेन्टले अधिकार किनेको हो ।

नयाँ कलाकारहरूलाई लिएर यस फिल्मको निर्देशन सशान कँडेल गर्दैछन् । फिल्ममा पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय छ।

नयाँ नायक नायिकाहरूको जन्म गराउनेका रुपमा होस्टेल श्रृङ्खला स्थापित भएको छ । यस पटक पनि केही नायक नायिका निस्कन सक्ने अनुमानका कारण फिल्मले चर्चा बटुलेको छ ।

‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, र प्रकृति श्रेष्ठले डेब्यू गरेका थिए । यहीबाट उनीहरु स्थापित कलाकार बने । दोस्रो श्रृङ्खला ‘होस्टेल रिटर्न्स’बाट नायिका स्वस्तिमा खड्का, नायक सुशील श्रेष्ठ, नजिर हुसेन र सुशील सिटौलालाई दर्शकमाझ परिचित गराएको थियो । दुवै श्रृङ्खला बक्स अफिसमा सफल भएका थिए ।

‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका छन् भने कथा निर्देशक सशान कँडेलकै हो। चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : ४७ बजे

नुवाकोट–१ मा प्रतिनिधि सभाका लागि डा. प्रकाशशरण महत एकल सिफारिस

काठमाडौं– नुवाकोट क्षेत्र नं–१ बाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ नेपाली कांग्रेसका

‘निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि अघि बढाइरहेका छौँ’

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनका साथै भ्रष्टाचारविरुद्धको कारबाहीलाई पनि सँगसँगै

‘तीन हप्तामा एक लाख ४६ हजार भन्दा बढी अफगानी शरणार्थी स्वदेश फिर्ता’

एजेन्सी– पछिल्लो १८ दिनमा इरान, पाकिस्तान र टर्कीबाट एक लाख

माओवादीप्रति जनताको आस्थालाई जोगाउँदै अघि बढ्छौँ : प्रकाण्ड

काठमाडौं– विप्लव नेतृत्वको नेकपा (माओवादी) का प्रवक्ता खड्ग बहादुर विश्वकर्मा

दोस्रो ओभरमै लुम्बिनीले लियो दुई ओपरनसहितको ३ विकेट 

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार