‘होस्टेल ३’ : अस्ट्रेलिया र न्युजिल्यान्डको प्रदर्शन अधिकार पनि बिक्यो « Khabarhub

‘होस्टेल ३’ : अस्ट्रेलिया र न्युजिल्यान्डको प्रदर्शन अधिकार पनि बिक्यो


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- छायाङ्कनरत फिल्म ‘होस्टल-३’को अस्ट्रेलिया र न्यूजिल्यान्डको प्रदर्शन अधिकार बिक्री भएको छ । निर्माण कम्पनीले सोमबार दुवै देशको प्रदर्शन अधिकार ब्ल्याक आइ क्रियशनलाई बेचेको जानकारी दिएको हो ।

यसअघि नै फिल्मको जापान, मलेसिया र मध्यपूर्वका देशहरूको प्रदर्शन अधिकार बिक्री भइसकेको छ । जापानका लागि यूएनए इन्टरटेन्मेन्ट र मध्यपूर्व तथा मलेसियाका लागि आशिष इन्टरटेन्मेन्टले अधिकार किनेको हो ।

नयाँ कलाकारहरूलाई लिएर यस फिल्मको निर्देशन सशान कँडेल गर्दैछन् । फिल्ममा पारस बम, रिहान गिरी, पदम तामाङ, सिम्रन पन्त, हेना नगरकोटी, उमर खान, समा पराजुली, सन्तोष बानियाँ, रोहन श्रेष्ठ, आशिष पुरुषलगायतका कलाकारहरूको अभिनय छ।

नयाँ नायक नायिकाहरूको जन्म गराउनेका रुपमा होस्टेल श्रृङ्खला स्थापित भएको छ । यस पटक पनि केही नायक नायिका निस्कन सक्ने अनुमानका कारण फिल्मले चर्चा बटुलेको छ ।

‘होस्टेल’बाट अनमोल केसी, सलोन बस्नेत, र प्रकृति श्रेष्ठले डेब्यू गरेका थिए । यहीबाट उनीहरु स्थापित कलाकार बने । दोस्रो श्रृङ्खला ‘होस्टेल रिटर्न्स’बाट नायिका स्वस्तिमा खड्का, नायक सुशील श्रेष्ठ, नजिर हुसेन र सुशील सिटौलालाई दर्शकमाझ परिचित गराएको थियो । दुवै श्रृङ्खला बक्स अफिसमा सफल भएका थिए ।

‘होस्टेल ३’ को स्क्रिप्ट माधव शर्माले लेखेका छन् भने कथा निर्देशक सशान कँडेलकै हो। चलचित्रलाई सम्मान इन्टरटेन्मेन्टले आरोन कन फिल्म्ससँगको सहकार्यमा निर्माण गर्दैछ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ७ : ४७ बजे

सुनकोशीमा कार खस्दा तीन जना बेपत्ता, खोजी गर्न गोताखोर परिचालन

काठमाडौं– सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बसको ठक्करपछि सुनकोशी

‘ट्राफिक प्रहरीको उद्देश्य दुर्घटना न्यूनीकरण हो, जरिवाना असुली होइन’

काठमाडौं- काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीको

कांग्रेस संसदीय दलको बैठक सुरु, समसामयिक राजनीतिक विषयमा छलफल हुने

काठमाडौं- नेपाली कांग्रेस संसदीय दलको बैठक आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा

अष्ट्रेलियामा बर्डफ्लुका कारण समुद्री चरा मरे

सिड्नी- दक्षिण अष्ट्रेलियाको तट नजिकै रहेको एक टापुमा ठूलो सङ्ख्यामा

इन्फान्टिनोलाई वेल्सको समर्थन फिर्ता

एजेन्सी– विश्व फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोको पुनः