आगोले जलेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु « Khabarhub

आगोले जलेर घाइते भएकी महिलाको उपचारको क्रममा मृत्यु


३ मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

सर्लाही – खाना पकाउने क्रममा आगोले पोलेर घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । जिल्लाको ईश्वरपुर नगरपालिका–६, झन्झट टोल निवासी ३८ वर्षीया नैमुन खातुनको उपचारको क्रममा आज मृत्यु भएको हो ।

खातुनको १९ वर्षकी छोरी आशो खातुन भने उपचारपछि घर फर्किएकी छिन । गत कात्तिक २५ गते बिहान खाना पकाउने क्रममा ‘एलपी’ ग्याँस लिक हुँदा आगोले दुवै जनालाई पोलेको थियो ।

तत्काल स्थानीयले उद्धार गरी बयलवासस्थित अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि आमा नैमुन खातुनलाई किर्तिपुर पु-याए पनि सो अस्पतालका चिकित्सकले उपचार नहुने भन्दै फर्काइ दिएका थिए ।

पुनः चितवनस्थित भरतपुर अस्पताल पु-याइ उपचार गर्ने क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । आगोले आमा नैमुनको ७५ प्रतिशत र छोरी आशोको १५ प्रतिशत शरीरको भाग जलेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : ३ मंसिर २०८१, सोमबार  ९ : ०५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन