मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्डमा कालोपत्र गरिँदै « Khabarhub

मध्यपहाडी लोकमार्गको खरङ्वा–यावरा खण्डमा कालोपत्र गरिँदै


४ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

तेह्रथुम– सात वर्षदेखि रोकिएको पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत तेह्रथुमको फेदाप गाउँपालिकास्थित खरङ्वा खोलाबाट यावरासम्मको १० किलोमिटर सडक कालोपत्र सुरु भएको छ ।

तेह्रथुममा पर्ने लोकमार्गको अन्य खण्ड यसअघि नै कालोपत्र भइसके पनि उक्त खण्ड कालोपत्र हुनसकेको थिएन । प्रमुख जिल्ला अधिकारी मीना अर्यालको अध्यक्षतामा सरोकारवाला र निर्माण व्यवसायीसहित हालै बसेको बैठकमा निर्माण व्यवसायीले आगामी पुस मसान्तभित्र कालोपत्र गरिसक्ने प्रतिबद्धता जनाएसँगै कालोपत्रको काम सुरु गरिएको हो ।

सो सडक खण्ड कालोपत्र गर्ने जिम्मा पाएको निर्माण कम्पनीका प्रतिनिधि दिपेश खतिवडाले मङ्सिरभित्र ६ किलोमिटर सबवेस र चार किलोमिटर कालोपत्र गरिसक्ने गरी काम सुरु गरिएको बताए ।

उक्त खण्ड कालोपत्रका लागि दुई वर्षमा काम सम्पन्न गर्नेगरी २०७२ सालमा ठेक्का सम्झौता भएको थियो । तर हालसम्ममा छ पटक म्याद थप भइसकेको छ । पछिल्लोपटक थपिएको म्याद यही पुस मसान्तमा सकिँदैछ ।

यसपल्ट निर्धारित समयमा काम सम्पन्न गर्ने निर्माण कम्पनीका प्रतिनिधि प्रमोद अधिकारी र शारदा ढकालले प्रतिबद्धता जनाएको प्रमुख जिल्ला अधिकारी अर्यालले बताइन् ।

पुष्पलाल मध्यपहाडी लोकमार्गको उक्त खण्ड कालोपत्र नहुँदा यात्रीले सास्ती भोग्नुपरेको फेदाप गाउँपालिका–२ हाङसुरुङका राजेन्द्र सुवेदीले बताए । हिउँदमा धुलाम्मे सडकमा जसोतसो सवारी चले पनि वर्षायाममा धेरै सास्ती व्यहोर्नुपरेको उनको भनाइ छ ।

उक्त सडकखण्ड सदरमुकाम म्याङलुङलाई जिल्लाको फेदाप गाउँपालिका, आठराई गाउँपालिका र पाँचथर सदरमुकाम फिदिम जोड्ने मुख्य मार्ग हो । फेदाप गाउँपालिकाकै यावराबाट पञ्चमीसम्मको सडकमा भने ठेकेदारले काम नगरेपछि ठेक्का तोडिएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८१, मंगलबार  १२ : ०८ बजे

एक सय २१ किलो चरेससहित दुईजना पक्राउ

मकवानपुर – मकवानपुरको थाहा नगरपालिका–१० स्थित टौखेलबाट मार्खु तर्फ जाँदै

माघ शुक्ल तृतीया : माधवनारायणका व्रतालु पनौती यात्रामा

काठमाडौं – पौषशुक्ल पूर्णिमादेखि माधवनारायण व्रत बसेका व्रतालु माधवनारायण भगवानसहित

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको