आलुको व्यावसायिक खेती एक करोड ५० लाख विनियोजन « Khabarhub

आलुको व्यावसायिक खेती एक करोड ५० लाख विनियोजन


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पर्वत– कृषि विकास निर्देशनालयले खायन आलुको व्यावसायिक खेती गर्न एक करोड ५० लाख विनियोजन गरेको छ । यो वर्ष जिल्लाका सातवटै पालिकाका एक सय १० हेक्टरमा व्यावसायिक रूपमा आलुखेती गरिने कृषि ज्ञान केन्द्रले जनाएको छ ।

गण्डकी प्रदेश सरकारले किसानलाई आलुखेतीतर्फ आकर्षित गर्दै जिल्लालाई आलु उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि यो कार्यक्रम लागू गरिएको हो ।

आर्थिक वर्ष २०८०–८१ मा एक सय ५२ हेक्टरमा आलुखेती गरिएको थियो । यस वर्ष गत वर्षको तुलनामा ५० प्रतिशतले बजेट कटौती भएकाले क्षेत्रफल पनि घटाइएको कृषि ज्ञान केन्द्रका बागवानी विकास अधिकृत शङ्कर पौडेलले बताए ।

गत आवमा खायन आलु विस्तारका लागि प्रदेश सरकारबाट तीन करोड विनियोजन भएको थियो । खायन आलु उत्पादन प्रवर्द्धन कार्यक्रमअन्तर्गत जिल्लाभर ५४ वटा समूह तथा सहकारीमार्फत आलुखेती लगाइने छ । हिउँदे र बर्खेगरी दुई सिजनमा लगाइने आलुखेतीलाई जिल्लाको निर्यातयोग्य बालीका रूपमा विकास गरिने योजना रहेको कार्यालयले जनाएको छ ।

गत आवमा जिल्लाभर तीन हजार तीन सय ५० मेट्रिक टन आलु उत्पादन भएको थियो । आलु बेचेर आठ करोड आम्दानी भएको केन्द्रले जनाएको छ ।

पर्वतमा जनकदेव, खुमल, उज्ज्वल, खुमल सेतो, एमएस–४२, कुफ्री, ज्योति, ताराखोला जातका आलु राम्रो उत्पादन हुने गरेको छ ।

प्रतिहेक्टर न्यूनतम २६ मेट्रिक टनदेखि अधिकतम ४६ मेट्रिक टनसम्म उत्पादन भएको केन्द्रका बागवानी विकास अधिकृत पौडेलले बताए । यसबाट उपभोगका लागि किसानहरूलाई खरिद गर्न नपर्नुका साथै बिक्रीबाट राम्रो आम्दानी हुने पौडेलको भनाइ छ ।

आलुखेतीमा लागेका किसानलाई अनुदान रकमबाहेक केन्द्रले यान्त्रिकीकरण, मल र बीउमा सहयोगका साथै नियमित रूपमा अनुगमन पनि गर्दै आएको छ । किसानलाई ७५ प्रतिशत अनुदानमा बीउ उपलव्ध गराएको छ ।

कार्यक्रम सुरु हुनुपूर्व जिल्लाका उत्तरी क्षेत्रमा पर्ने शालिजा, लेखफाँट, बनौ, बाँसखर्क र दक्षिणी भेगका भोक्सिङमा मुख्य बालीका रूपमा आलुखेती हुने गरेको थियो । जिल्लाको एक हजार तीन सय हेक्टर जमिन आलु उत्पादनका निम्ति उर्वर मानिन्छ ।

उक्त क्षेत्रमा १३ हजार सात सय ७५ मेट्रिक टन आलु उत्पादन हुने केन्द्रका प्रमुख परशुराम अधिकारीले बताए ।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  १२ : २३ बजे

कम्पनी रजिष्ट्रार कार्यालयमा उद्योगमन्त्रीको छड्के अनुगमन

काठमाडौं- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले त्रिपुरेश्वरस्थित कम्पनी रजिष्ट्रारको

मैदानमा कमजोर, सपना विश्वकप

काठमाडौं – राउन्ड अफ ३२ को खेलमा पोर्चुगलका स्टाइकर क्रिस्टियानो

संवैधानिक परिषद् बैठक बस्दै, रिक्त पदमा नियुक्ति सिफारिसबारे छलफल हुने

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज संवैधानिक परिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री

सरकारप्रति हर्कको टिप्पणी- जनताले महशुस गर्नेगरी काम गर्न सकेन

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले वर्तमान सरकारले जनताले

पाकिस्तानमा बस दुर्घटना हुँदा ४० जनाको मृत्यु

एजेन्सी– पश्चिमी पाकिस्तानमा शुक्रबार एउटा यात्रुबहाक बस सडकबाट झरेर २०