अधिवक्ता कमल प्रसाद इटनी सम्मा‍‍‍नित | Khabarhub Khabarhub

अधिवक्ता कमल प्रसाद इटनी सम्मा‍‍‍नित


५ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ अधिवक्ता डा. नवराज गौतम फौजदारी कानून पुरस्कारबाट अधिवक्ता कमल प्रसाद इटनीलाई सम्मान गरिएको छ ।

नेपाल डेमोक्रेटिक लयर्स एशोसिएसन (डिएलए नेपाल) को ३५ औँ स्थापना दिवसको अवसरमा बुधबार आयोजित एक कार्यक्रमका बीच सो पुरस्कार प्रदान गरिएको हो । इटनी लामो समयदेखि फौजदारी कानूनको अभ्यासरत छन ।

लामो समय कानून र न्यायको क्षेत्रमा लाग्नुभएका वरिष्ठ अधिवक्ता गौतमको २०७८ सालमा हृदयघातबाट निधन भएको थियो । उहाँको कानून र न्यायको क्षेत्रमा अतुलनीय लगाव रहेकाले उनका छोरा अधिवक्ता रामचन्द्र (आरसी) गौतमले उनको स्मृतिमा नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशन (डिएलए) को स्थापना दिवसको अवसरमा पुरस्कारको घोषणा गरेका हुन् । 

५ लाखको अक्षय कोषको स्थापना गरी हरेक वर्ष फौजदारी कानूनको क्षेत्रमा क्रियाशील १ जना अधिवक्तालाई डिएलएमार्फत सम्मानपत्र सहित नगद पुरस्कार प्रदान गरिएको छ । बरिष्ठ अधिवक्ता गौतम नेपालको फौजदारी कानूनमा रुचि राखेर आफ्नो जीवन वकालत क्षेत्रमा समर्पण गरेको उनको नाममा यो पुरस्कार स्थापना गरिएको छोरा अधिवक्ता रामचन्द्र (आरसी) गौतमले बताए।

यो पुरस्कार प्रदान गर्न डिएलएले प्राध्यापक रञ्जितभक्त प्रधानाङ्गको संयोजकत्वमा समिति गठन गरिएको थियो । वरिष्ठ अधिवक्ता गौतमलाई समग्र न्याय क्षेत्र तथा कर्णाली क्षेत्रको न्याय र कानूनका पथप्रदर्शकको रूपमा लिने गरिन्छ । 

यस्तै कार्यक्रममा विस्डम ल एसोसिएट्स मध्यस्थ कानून पुरस्कारबाट बरिष्ठ अधिवक्ता शैलेन्द्र कुमार दाहाललाई प्रदान गरिएको छ । आफू अभ्यासरत रहेको सार्वजनिक खरिद र सो सम्बन्ध मध्यस्थता बिधिशास्त्रलाई सहयोग पुर्‍याउने उद्देश्यले यो पुरस्कार सुरु गरिएको अधिवक्ता किरण पौडेलले बताए।

प्रकाशित मिति : ५ मंसिर २०८१, बुधबार  ७ : ५९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सोमबार पनि सुनको मूल्य घटेको छ ।

धानको समर्थन मूल्यको पर्खाइमा किसान

कैलाली– कैलालीको टीकापुर नगरपालिका–४ का बन्धुराम डगौरा खाद्य व्यवस्था तथा

छठको कार्यक्रममा सहभागी हुन नसकेको भन्दै गगनले आयोजकसँग मागे क्षमा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले औपचारिक कार्यक्रममा सहभागी

देउसी भैलोमा सङ्कलित दुईलाख रुपैयाँ सडक निर्माणमा

म्याग्दी– म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामाआमा समूहले देउसीभैलो खेलेर सङ्कलन गरेको

तीनसय बढी विदेशी पर्यटकबाट कञ्चनजङ्घा हिमाल क्षेत्रको भ्रमण

ताप्लेजुङ– पछिल्लो समय ताप्लेजुङस्थित हिमाल (पिक) आरोहण गर्न सुरुवात भएको