सागका लागि भलिबलको प्रारम्भिक छनोटबाट १८ खेलाडी छानिए « Khabarhub

सागका लागि भलिबलको प्रारम्भिक छनोटबाट १८ खेलाडी छानिए


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं र पोखरामा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को बन्द प्रशिक्षणमा रहेको नेपाली राष्ट्रिय महिला भलिबल टोलीको प्रारम्भिक छनोटमा १८ जना खेलाडी छानिएका छन् । नेपाल भलिबल संघ (एनभिए) ले आइतबार प्रारम्भिक टोलीको छनोट गरेको हो ।

यसअघि भलिबल संघले २५ जना खेलाडीलाई क्याम्पमा बोलाएको थियो । त्यसबाट ७ जना खेलाडीलाई संघले घर फर्काउँदै १८ जना खेलाडीलाई छनोट गरेको छ ।

नेपालमै आयोजना हुने सागमा पदक जित्ने लक्ष्यसहित भलिबल टोली सागको अभ्यासमा व्यस्त छ । भलिबल टोलीले दशैं आसपास विदेशमा मैत्रिपूर्ण भलिबल खेल्ने तयारी थालेको मुख्य प्रशिक्षक जगदिश भट्टले जानकारी दिएका छन् ।

१८ सदस्सीय महिला भलिबल टोली

प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, उषा भण्डारी, उषा विष्ट, रेष्मा भण्डारी, संगम महतो, जानकी भण्डारी, अरुणा शाही, शान्ति थारु, आरती सुवेदी, सुनिता खड्का, पुनम चन्द, सोफिया पुन, हिरा केसी, कमला पुन, सलिना श्रेष्ठ, शान्ती तामाङ

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ४ : ५० बजे

नागदहमा नागपञ्चमी मेलाको तयारी पूरा

ललितपुर– हरेक वर्षको साउन शुक्ल पञ्चमी (नागपञ्चमी) का दिन ललितपुरको

गालीगलौजमा उत्रिन थाले पार्टी बैठक र प्रतिवेदन छल्दै हिँडेका ओली

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गृह प्रदेश कोशी

बीपीका विचारलाई स्वार्थअनुकूल व्याख्या गर्न नहुने : गगन थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जननायक बीपी कोइरालाका विचार

टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’ क्रिकेट टिमको बिदाइ

काठमाडौं– अस्ट्रेलियाको डार्विनमा हुने टप एन्ड टी प्रतियोगिताका लागि नेपाल ‘ए’