अस्ट्रेलिया सामु निरीह भारत, १५० रनमा अलआउट « Khabarhub

अस्ट्रेलिया सामु निरीह भारत, १५० रनमा अलआउट


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा १५० रनमा अलआउट भएको छ ।

अस्ट्रेलियाको पर्थमा आजदेखि शुरु भएको ५ खेलको सिरिजको पहिलो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले १५० रन बनाउँदा अलआउट भएको छ ।

भारतका लागि डेभ्यु खेल खेलिरहेका नितिश कुमार रेड्डीले सर्वाधिक ४१ रन बनाए भने ऋषव पन्तले ३७, केएल राहुलले २६ रन बनाएका थिए ।

त्यस्तै भारतको ब्याटिङ लाइन ध्वस्त गर्नेक्रममा अस्ट्रेलियाका बलर जोश हजेलवूडले सर्वाधिक ४ विकेट लिए भने मिचेल स्टार्क, पाट कमिन्स र मिचेल मार्शले २-२ विकेट लिएका थिए ।

यस खेलमा भारतका कप्तान रोहित शर्माको अनुपस्थितिमा जसप्रित बुमराहले कप्तानी गरेका छन् ।

अब केही बेरमा अस्ट्रेलियाले आफ्नो पहिलो इनिंग ब्याटिङ गर्दै छ ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  १ : २२ बजे

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका

परराष्ट्रमन्त्री खनाल र जर्मनीकी आर्थिक सहयोग तथा विकासमन्त्री राडोभानबीच भेटवार्ता 

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले नेपालमा हालै आएको बाढीबाट प्रभावित क्षेत्रको

राहुघाट जलविद्युत आयोजना निर्माणको १६ वर्षे यात्रा : असफल ठेक्कादेखि परीक्षण उत्पादनसम्म

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ दशकको

सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह

नुवाकोट– भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, के छ कार्यसूची ?

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ