रास्वपाबारे ओलीको टिप्पणी- आफैं सरकारी ठगी गर्ने, अनि अरूलाई मुख छाड्ने ? | Khabarhub Khabarhub

रास्वपाबारे ओलीको टिप्पणी- आफैं सरकारी ठगी गर्ने, अनि अरूलाई मुख छाड्ने ?


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले हल्लाको पछि नदौडने दल भएको बताएका छन् ।

नेकपा एमाले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्ला कमिटीले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले पार्टीविरुद्ध अनेक हल्ला चलाइए पनि भ्रमको पछि नदौडन बताए ।

‘नेकपा एमाले कागले कान लग्यो भन्दैमा कागका पछि-पछि आकाशतर्फ हेरेर दौडिने पार्टी होइन’, उनले भनेका छन्।

नेपाली जनताले ठूलो बलिदानबाट अहिलेको व्यवस्था ल्याएको बताउँदै जनता कुहिराको काग बनेर नकुद्ने ओलीले बताए ।

नेपाली जनता आफ्नो गौरव कायम गर्दै समृद्ध नेपाल सुखी नेपालीको सङ्कल्पलाई पूरा गर्न अघि बढ्ने ओलीले प्रष्ट पारे । ‘नेपाली जनता भ्रममा पर्दैन’, उनले भने ।

एमाले सरकारमा पनि रहेको र सरकारमा रहेरै सभा गरिरहेको उनले बताए । यो सरकार दशैँ पनि काट्दै भनि गरिएका भ्रामक प्रचार सरकारले चिर्दै आएको बताउँदै उनले अहिलेको समीकरणले पूरै समय काम गर्ने ओलीले स्पष्ट पारे ।

‘२०८४ सालको निर्वाचनसम्म अहिलेको समीकरण कायम रहन्छ’, ओलीले भनेका छन् ।

अलोकतान्त्रिक बाटोबाट अराजकता सिर्जना गरेर समाजलाई भाँड्न खोजिएको बताउँदै ओलीले सार्वभौम जनताको भविष्यलाई संकटमा पर्ने प्रयास गरिएको बताए ।

देश र जनता प्रमुख कुरा भएकाले देश, जनता, विकास र सुशासनका पक्षमा एमाले दृढ रहेको उनले बताएका छन् ।

अहिलेको समीकरण र सरकारलाई कसैले हल्लाउन नसक्ने ओलीले दाबी गरे । अहिलेको सरकार आफ्ना मानिलाई शक्तिमा पुर्याउन र अकूत सम्पत्ति कमाउन नबनेको उनले बताए ।

ओलीले जसले आफ्ना सन्तानलाई अकुत सम्पत्ति थुपारेर अरबौँका मालिक बनाएका छन् उनीहरू आफ्नो विरुद्ध आरोप लगाउँदै हिँडेका ओलीले बताए । उनले आफूमाथि औँला ठड्याउनेलाई बहसमा आउन चुनौती दिएका छन् ।

बैङ्कको ऋण तिर्नु पर्दैन भन्दै कोही कराउँदै हिँडेका बताउँदै उहाँले देशको अर्थतन्त्रलाई ध्वस्त बनाउन ती शक्ति लागेका बताए ।

उद्यमीलाई खेद भन्ने अभियान पनि त्यसकै लागि चलेका ओलीले दाबी गरे । बक्यौता नउठाउने तर विद्युत् लाइन काट्ने काम पनि तिनै शक्तिले गरेका ओलीले दाबी गरे ।

समाज र समुदायबीच अनेक खालका विद्वेष फैलाउने काम भएका भन्दै उनले आलोचना गरे । नीति अगाडि सार्न नसक्नेले गाली गलौज गर्ने, अपशब्द प्रयोग गर्ने काम गर्ने काम गरिरहेका ओलीले बताए । ‘घृणा फैलाउने कुरा नेपाली समाजलाई स्वीकार्य छैन’, उनले भने ।

कानुनविपरीत अपराध गर्नेलाई अहिलेको सरकारले नछाड्ने ओलीले दाबी गरे । देशका सुशासन स्थापनाको लागि सोची, सम्झिकन नेकपा एमाले र कांग्रेस मिलेर सरकार बनाएका ओलीले स्पष्ट पारे ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगीमा पक्राउ परेपछि एमाले र आफूमाथि भइरहेका गालीगलौजबारे पनि बोलेका छन् ।

‘आफैँ सरकारी ठगी गर्ने अरूलाई मुख छाड्ने, अनि अरूलाई गाली गर्ने, कुनै पनि प्रकारको ठगी सह्य हुने छैन’, उनले भनेका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ३ : १७ बजे

रासायनिक मल वितरणका लागि ‘अनलाइन सिस्टम’ विकास गर्छौ : मन्त्री परियार

पर्सा– कृषि तथा पशुपन्छी विकास मन्त्री डा. मदनप्रसाद परियारले सरकारी

हङकङ सिक्सेस : यूएईसँग नेपाल ४३ रनले पराजित

काठमाडौं – हङकङ सुपर सिक्सेस क्रिकेट प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा

महाकाली करिडोर : योजनामा उत्साह, कार्यान्वयनमा निराशा

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–९ टुडिखेलका लोकबहादुर थापामगर २०६५ सालमा डडेल्धुराको

आश्रम निर्माणका लागि एकै दिन ५५ लाख रुपैयाँ सङ्कलन

बागलुङ– मानव सेवा आश्रम बागलुङ शाखाको भवन मिर्नाणका लागि आयोजना

स‌खुवासभा भोटखोलाका विद्यार्थीलाई न्यानो कपडा वितरण

सङ्खुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कास्थित हिमाल आधारभूत विद्यालयका विद्यार्थीलाई सशस्त्र