कफी खेतीमा युवालाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी  « Khabarhub

कफी खेतीमा युवालाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी 


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कफी खेतीमा युवा वर्गलाई आकर्षण गर्ने गरी नयाँ योजना, अनुदान र प्रोत्साहनका कार्यक्रम ल्याउन तथा नीतिगत सुधारका लागि गृहकार्य गर्न राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई निर्देशन दिएका छन्  ।

२०औँ राष्ट्रिय कफी दिवसका अवसरमा कीर्तिपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले  नेपालको भौगोलिक अवस्था, माटो, र जलवायु अर्गानिक कफीको उत्पादनका लागि अत्यन्तै उपयुक्त  रहेको भन्दै उत्पादन र उत्पादकत्वमा अझै पनि व्यापक सुधार गर्ने आवश्यक रहेको र  यसका लागि सार्वजनिक निजी साझेदारी, साथै, कफी मूल्य शृङ्खलाका सबै चरणहरूमा संलग्न व्यक्तिहरू, कृषक, प्रशोधनकर्ता, व्यवसायी र उपभोक्ताहरूबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका हुन्  ।

मन्त्री अधिकारीले स्वदेश तथा विदेशमा उच्च माग रहेको नेपाली कफीको व्यावसायिक उत्पादनमा थप लगानी गर्न निजी क्षेत्रलाई आग्रह समेत गरे ।

उनले मन्त्रालयले कफी क्षेत्रको विकास तथा बिस्तारका लागि उपयुक्त नीति  तथा कार्यक्रम ल्याउने प्रतिबद्धता पनि व्यक्त गरे ।

‘नेपालको कफी क्षेत्रले यो २० वर्षको अवधिमा अनेक आरोह अवरोहहरूको सामना गर्नुपरेको भन्दै  हाल कफी  बजार सुनिश्चित भएको कृषि उपजको रूपमा स्थापित भएको छ’ मन्त्री अधिकारीले भने ।

उनले कफी ३० हजार भन्दा बढी नेपाली किसानहरूको आय आर्जनको स्रोत बनेको र हजारौँले कफी उद्योग तथा क्याफे हाउसहरूमा रोजगारी समेत पाइरहनु नेपाली कफी क्षेत्रको लागि गौरवको विषय बनेको उल्लेख गरे।

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ५ : ०६ बजे

पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला

काठमाडौँ- गौशाला मूल सडकसँग जोडिएको पशुपति क्षेत्रको मूल मन्दिर प्रवेश

न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय हो : प्रधानन्यायाधीश राउत

काठमाडौँ– प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायपरिषद् न्यायाधीश नियुक्त गर्ने निकायमात्र नभई

भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने

दोधारा चाँदनी (कञ्चनपुर)- प्यालेस्टि नी लडाकु समूह हमासले बन्धक बनाएको

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका दुईजनालाई

केन्द्रीय सदस्य हारेका विष्टले छोडे एमाले

काठमाडौँ- नेकपा (एमाले) का नेता ठम्मर विष्टले पार्टीको सम्पूर्ण जिम्मेवारीसहित