तीजमा हरियो सारी र चुरा लगाउनुका ५ कारण « Khabarhub

तीजमा हरियो सारी र चुरा लगाउनुका ५ कारण


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तिजको ब्रतको दिन महिला आफ्नो श्रृंगारमा हरियोे रंगलाई खास महत्व दिने गर्दछन् । तिजको ब्रतमा विवाहित नारीले सौभाग्यको रंग, रातो मन पराएजस्तै हरियोे रंगलाई पनि उत्तिकै प्राथमिकता दिने गरिएको छ ।

हरियोे रंगको चुरा, साडी, टिका, पोते लगायतका श्रृंगार सामाग्री हरियोे हुने गर्दछ । यसरी हरियोे रंग मन पराइनुको पछाडि विशेष कारण छ ।

१. हिन्दु धर्मका अनुसार केही विशेष रंगहरुलाई सौभाग्यको प्रतिक मानिन्छ । तिनै विशेष रंग भित्र हरियो रंग पनि पर्ने गर्दछ । हरियो रंगले जीवन र खुशिलाई जोड्ने विश्वास गरिन्छ । विवाहित नारीहरुले हरियोे रंगको चुरा लगाउँदा श्रीमानको जिवनमा खुशीयाली, सफलता आउने र श्रीमान स्वस्थ्य रहने विश्वास गरीन्छ ।

२. हरियोे रंगलाई प्राकृतिक रंग समेत भनिन्छ । रुख बिरुवाको समेत हरियो रंग हुने भएकाले हरियोे रंगलाई प्राकृतिक रुपमा समेत उत्तम मानिन्छ । यसले आखाँमा शितलता प्रदान गर्ने गर्दछ । साथै धार्मिक मान्यता अनुसार महिलाले हरियोे रंग लगाउँदा श्रीमानको आयु लामो हुने विश्वास गरिन्छ ।

३. तीजलाई प्रकृतिको हरियाली जतिकै महत्व दिइन्छ । तिजले महिलाको जिवनमा उमंग र स्फूर्ति बढाउने साथै परीवारमा समेत श्री वृद्धि गर्ने विश्वास गरिन्छ । हरियोे रंगले मानिसको चर्म रोग हटाउने तथा महिलाको नकारात्मक भावलाई समेत खिचेर लाने मान्यता छ । अन्य रंगभन्दा हरियोे रंगको धारण गरेमा ब्रतालु महिलाई सहज हुने भएकाले भोकै ब्रत बस्दा समेत खासै असर पार्दैन ।

४. व्यक्तिलाई सुन्दर देखाउन पनि हरियोे रंगको विशेष भूमिका रहने गरेको छ । हरियोे रंगका पहिरनले ब्यक्तिलाई आर्कषक बनाउने साथै अनुहारमा समेत चमक ल्याउने गर्दछ । हरियोे रंग ब्याकग्राउण्डमा हुदा तस्बिर समेत राम्रो आउने गर्दछ ।

५. धार्मिक ग्रन्थ अनुसार हरियोे रंगलाई बुध ग्रहको प्रतीक मानिन्छ । हरियोे रंग धारण गर्ने ब्यक्तिमा बुधको प्रभाव प्रबल रहने भएकाले महिलालाई सन्तान सुखःको योग रहन्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ६ : ३२ बजे

विश्वकप इतिहासमै कतारले जोड्यो पहिलो अंक

काठमाडौं- फिफा विश्वकप २०२६ को समूह ‘बी’ अन्तर्गत सन फ्रान्सिस्कोस्थित

प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौं- प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी

‘नेपाललाई आँखा उपचारको केन्द्र बनाउन सकिन्छ’

काठमाडौं– विज्ञहरूले नेपालमा आँखा उपचारको सेवाका पहुँचमा वृद्धि भए पनि अन्धोपनको

वाणिज्य बैंकमा मुद्दतीतर्फको ब्याज थप घट्यो

काठमाडौं– वाणिज्य बैंकहरूमा असार महिनाका लागि मुद्दती निक्षेपतर्फको औसत ब्याजदर

काठमाडौं महानगरले नगर अस्पताल स्थापना गर्ने 

काठमाडौं– काठमाडौं महानगरपालिकाले महानगरवासीको स्वास्थ्य उपचारका लागि नगर अस्पताल स्थापनाको