क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रूसको चेतावनी « Khabarhub

क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रूसको चेतावनी


७ मंसिर २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


681
Shares
  • change font
  • change font
  • change font

मस्को – रूसले युक्रेनमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्र प्रहार गरेपछि राष्ट्रपति भ्लादिमिर पुटिनले दिएको चेतावनीलाई वासिङ्टनले बुझेको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले क्रेमलिनले शुक्रबार जनाएको छ ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भने, “वासिङ्टनको वर्तमान प्रशासनले यस घोषणालाई बुझ्नेछ भन्नेमा हामीलाई कुनै शङ्का छैन ।”

युक्रेनमा जारी द्वन्द्व ‘विश्वव्यापी’ युद्धको विशेषता भएको र पश्चिमा मुलुकहरूमाथि आक्रमण हुने सम्भावनालाई राष्ट्रपति पुटिनले सङ्केत गरेका छन् । पेस्कोभले यो सन्देश व्यापक, स्पष्ट र तार्किक भएको दावी गरेका छन् ।

हालैका दिनहरूमा युक्रेनले पहिलो पटक रुसी भूमिमा अमेरिका र बेलायतले आपूर्ति गरेको क्षेप्यास्त्र प्रहार गरेको छ। यसले करिब तीन वर्ष लामो द्वन्द्वलाई थप चर्काएको सङ्केत मान्न सकिन्छ ।

युक्रेनलाई आफ्नो क्षेप्यास्त्र प्रयोग गर्न अनुमति दिने पश्चिमा देशहरू युद्धमा प्रत्यक्ष सहभागी भएको बुझ्नुपर्ने मस्कोले जनाएको छ ।

पेस्कोभले भने, “मुख्य सन्देश के हो भने क्षेप्यास्त्र उत्पादन गर्ने, युक्रेनलाई आपूर्ति गर्ने र पछि रूसी भूमिमा आक्रमण गर्ने पश्चिमा मुलुकहरूको ‘लापरबाहीपूर्ण’ निर्णय र कार्यहरू रूसी पक्षको प्रतिक्रियाबिना रहन सक्दैनन्।”

प्रकाशित मिति : ७ मंसिर २०८१, शुक्रबार  ९ : ११ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको