काठमाडौँ – नेपाली फिल्मको बक्स अफिसमा अहिले अभिनेता दयाहाङ राईकै दुई फिल्मबीच रोचक प्रतिस्पर्धा देखिएको छ। प्रदर्शनरत ‘कबड्डी ५’ र ‘पेन्सन पट्टा’ दुवैले दर्शकको राम्रो साथ पाउँदा कमाइको मामिलामा एकअर्कालाई पछ्याइरहेका छन्।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको पछिल्लो बक्स अफिस विवरणअनुसार ‘कबड्डी ५’ले अहिलेसम्म १३ करोड २६ हजार ९६७ रुपैयाँ ग्रस कमाइ गरेको छ। फिल्मलाई ४ लाख २४ हजार ८९२ दर्शकले हलसम्म पुगेर हेरेका छन्।
अर्कोतर्फ, ‘पेन्सन पट्टा’ पनि व्यापारमा कमजोर छैन। फिल्मले १० करोड ३६ लाख ८३ हजार ३८ रुपैयाँ ग्रस कमाइ गरिसकेको छ। यसका ३ लाख ६४ हजार ८०८ टिकट बिक्री भएका छन्।
कमाइको हिसाबले ‘कबड्डी ५’ले ‘पेन्सन पट्टा’लाई करिब २ करोड ६४ लाख रुपैयाँले पछाडि पारेको छ। दुवै फिल्मले १० करोडभन्दा बढी कमाइ गरिसक्दा दयाहाङका लागि बक्स अफिसमा दोहोरो सफलता मिलेको छ।
एउटै अभिनेताका दुई फिल्म एकै समयमा प्रदर्शनमा रहँदा दुवैले करोडौँको व्यापार गर्नु नेपाली फिल्म बजारका लागि पनि उत्साहजनक देखिएको छ। अब यी दुई फिल्मको अन्तिम कमाइ कति पुग्छ भन्ने चासो बढेको छ।














प्रतिक्रिया