कृषिको आधुनिकीकरण आजको आवश्यकता : लिङ्देन « Khabarhub

कृषिको आधुनिकीकरण आजको आवश्यकता : लिङ्देन


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

कैलाली– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले कृषिमा आधुनिकीकरण गर्दै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ सबै केन्द्रित हुनुपर्ने बताएका छन् ।

कैलालीको घोडाघोडी नगरपालिका–२ साँडेपानीमा शुक्रबार आयोजित आमसभामा अध्यक्ष लिङ्देनले देश बनाउने अभियानमा सबै लाग्नुपर्ने भन्दै नेपाल कृषिप्रधान मुलुक भएकाले कृषिमा आधुनिकीकरण गरी आर्थिक समृद्धि हासिल गर्नु आजको आवश्यकता रहेको बताए ।

विकासका थुप्रै सम्भावना हुँदाहुँदै देशको विकास हुन नसकेको बताउँदै अध्यक्ष लिङ्देनले बिजुली बिक्री गरेर आम्दानी गर्न सकिने बताए । विकसित हुँदै गरेको सूचना प्रविधिको अधिकतम प्रयोग गरी कृषि, उद्योग, वाणिज्यलगायत क्षेत्रमा फड्को मार्न सकिने उनको धारणा थियो ।

पर्यटकीय गन्तव्यको प्रवर्द्धन गदै पर्यटनका माध्यमबाट मुलुकको विकास गर्न सकिने अध्यक्ष लिङ्देनले बताए । उनले भने, ‘नेपाल बौद्ध र हिन्दू धर्मको उद्गमथलो भएकाले धार्मिक पर्यटनका माध्यमबाट यहाँको विकास गर्न, नागरिकको जीवनस्तर उकास्न सकिन्छ । यसका लागि नीति र योजना आवश्यक पर्छ ।’

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले कृषिप्रधान देशमा बिचौलियाको जङ्गलमा किसान फसेको भन्दै सबैको सहकार्य र समन्वयबाट वास्तविक किसानलाई बिचौलियाहरूबाट बचाउनुपर्ने धारणा राखे । ‘बिचौलियाले किसानबाट कृषिउपज सस्तोमा किन्छन् महँगोमा बेच्छन्’, उनले भने, ‘कृषकहरूभन्दा धेरै फाइदा बिचौलियाले लिइरहेका हुन्छन् । यस्तो अवस्थाको अन्त्य गर्न सबैको साथ र सहयोग आवश्यक पर्दछ ।’

स्थानीय कृषकको उत्पादनलाई बजारीकरण गर्न आफ्नो पार्टी लागिपरेको प्रवक्ता शाहीले बताए । उनले कृषिबाट देश कसरी समृद्धि बन्छ भन्ने कुरा इजरायलबाट सिक्नुपर्ने उल्लेख गरे।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ७ : ४८ बजे

उत्तरी नाइजेरियामा सशस्त्र समूहको आक्रमण, ८७ जनाभन्दा बढी अपहरण

अबुजा- उत्तरी नाइजेरियामा शनिबारदेखि जारी सशस्त्र समूहको आक्रमणमा ८७ जनाभन्दा बढी

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी