निर्माण सम्पन्न भएको ६ महिनामा पनि सञ्चालनमा आएन कुश्मा बसपार्क | Khabarhub Khabarhub

निर्माण सम्पन्न भएको ६ महिनामा पनि सञ्चालनमा आएन कुश्मा बसपार्क


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

पर्वत– पर्वतको कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क निर्माण भएको ६ महिनासम्म पनि सञ्चालनमा आएको छैन ।

कुश्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा ६ करोड ६६ लाख तीन हजार दुई सय ५० मात्र खर्चेर बनाइएको बसपार्कको यात्रीकक्ष भत्किएको छ भने टर्मिनल भवनका झ्यालढोका र सिसा फुटिसकेका छन् । साथै यो स्थान शौचालयमा परिणत भएको छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले कुश्मा नगरपालिकालाई बसपार्क हस्तान्तरण गरिसकेको भए पनि त्यसलाई सञ्चालन गर्ने नीतिको अभावमा यो उपयोगविहीन भएको हो । कुश्मा नगरपालिका–६ का अध्यक्ष शिव गिरीले शीघ्र नीति तर्जुमा गरी बसपार्क सञ्चालन गर्न माग गरेको बताए ।

१२ रोपनी क्षेत्रफलमा फैलिएको बसपार्कमा यात्रीकक्ष र पसल कबल, टिकट बिक्रीकक्ष, चमेनागृह, हलुका तथा भारी सवारीसाधन राख्ने संरचना छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख सीताराम ओझाले कुश्मा बजारबाट हरेक दिन काठमाडौं, पोखरा, सुनौली, विराटनगर, नेपालगञ्ज, भैरहवा, काँकडभित्तालगायत गन्तव्यका निम्ति सार्वजनिक यातायातका सवारीसाधन प्रस्थान गर्ने गरेका तथा तिनले सडकमै पार्किङ गर्दा सवारी व्यवस्थापनमा समस्या भएको बताए ।

यसैबीच, कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले कार्यपालिकाको बैठकबाट बसपार्क सञ्चालनसम्बन्धी नीति बनाएर यथाशीघ्र सञ्चालन गरिने बताए ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ९ : ५२ बजे

चक्रे मिलन र जितबहादुरसहित १९ जनालाई धरौटीमा रिहा गर्न अदालतको आदेश

काठमाडौं– जन्मदिन मनाउने नाममा सडकमा तामझामसहित उत्रिएका चक्रे मिलनसहित १९

खेर गइरहेका काठ उपभोग गर्ने प्रक्रिया सुधार्छौ : मन्त्री शाही

काठमाडौं– वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले खेर जाने काठ उपयोगमा

गोली चलाएर लागूऔषध कारोबारी नियन्त्रणमा

काठमाडौं– प्रहरीले धनुषाकाे मिथिला नगरपालिका वडा नम्बर–२ मा गोली चलाएको

प्रहरीले भन्यो- काठमाडौंमा गत वर्ष १२ हजार ९ सय १५ अपराधका घटना दर्ता

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक वर्ष २०८१/८२ मा काठमाडौंमा

मन्त्रालयको काम प्रभावकारी बनाइएको छ : उद्योगमन्त्री

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सङ्घ, प्रदेश र