जिद्दी बच्चालाई सुर्धान अपनाउनुस् यी ७ तरिका « Khabarhub

जिद्दी बच्चालाई सुर्धान अपनाउनुस् यी ७ तरिका


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

सन्तानका पहिलो गुरु भनेकै आमाबुवा हुन् । हरेक अभिभावक आफ्ना सन्तान आज्ञाकारी हुन् र सफल बनुन् भन्ने चाहाना राख्दछन् ।

प्रत्येक आमाबुवा चाहान्छन्, बच्चाहरुमा राम्रो संस्कार होस् । तर अचेल सन्तान सानै उमेरबाट आफ्नो अभिभावकका कुरा पालना गर्नु भन्दा उल्टै जिद्दी हुदै गएका छन् । सन्तानका कारण धेरै आमाबुवाहरुले आफन्त तथा छरछिमेकबाट गाली खाने स्थितिसम्म हुने गर्छ ।

त्यसैले आफ्नो बच्चा जिद्दी हुँदै गएको भने वा स्वभाव परीवर्तन हुँदै गएको छ भने यी टिप्सलाई पालना गर्नुहोस्, केही हदसम्म तपाईका लागी उपयोगी हुन सक्छ ।

१. पिट्न छाड्नुस्
यदि तपाईको बच्चाले तपाईको आज्ञा पालना गरेन, चकचक गर्याे वा जिद्दी हुन थाल्यो भने पनि पिट्नु हुदैन । पिटेर बच्चा सुध्रिदैनन्, बरु उल्टै यसले बच्चाको मानसिकताम खराब असर पार्दछ । बच्चाको मनमा जे गरेपनि पिटाई खाइन्छ भन्ने मानसिकता बस्छ र उ झन् जिद्दी हुन थाल्छ । त्यसैले बरु बच्चा तह लाउन भनेर पिट्न छाड्नुस् ।

२. बच्चाको साथी बन्नुहोस्
बच्चाको मन कोमल हुनछ, त्यसैले बच्चालाई प्रेमपूर्वक सम्झाइयो भने उसले हरेक कुरा सहज रुपमा बुझ्दछ । कुनै कुरा बुझाउने नाममा ठूलो स्वर गरेर धम्काएर उसलाई कन्ट्रोलमा राख्न नखोज्नुहोस् । जिज्ञासु स्वभावका बच्चा नियन्त्रण गर्न उसको साथी बन्न आवश्यक छ । बच्चाको कुरा सुन्ने र आफ्नो कुरा समेत बच्चालाई सुन्न प्रेरित गर्नुपर्छ ।

३. बच्चाको इच्छा बुझ्नुहोस्
बच्चाको मन कौतुहलता र चञ्चलताले भरीएको हुन्छ । उनीहरुलाई झिलिमिलि खोल भएका सामाग्री मन पराउछन् । त्यसैले आफ्नो बच्चालाई के मन पर्छ भनेर बुझ्न आवश्यक छ । उसले खेल्न मन गरेको समयमा आफुसमेत लागेर खेल्नुपर्दछ । खेल खेल्दा खेल्दै ज्ञान सिकाउन समेत सकिन्छ । यसले गर्दा तपाईको बच्चादले तपाईको कुरा निकटबाट सुन्दछ र बिस्तारै उसको जिद्दीपना कम हुँदै जान्छ ।

४. सही शारीरिक भाषा
केही बच्चाहरु जति माया गरेर सम्झाए पनि कुरा नबुझ्ने बन्दै गएका हुन्छन् उनीहरुको जिद्दीपना यति हदसम्म बढ्छ कि सामान फ्याक्ने भुईमा सुत्ने समेत गर्दछन् । यस्तो अवस्थामा उनीहरुलाई सम्झाउने भन्दा केहि बेर एक्लै छाड्नु प्रभावकारी हुनसक्छ । यसो गर्नाले आमाबुवाले गल्ति गरे सजाय पनि दिन सक्छन् भन्ने बच्चाको मानसिकतामा पर्न सक्छ ।

५. रोलमोडल बन्नुस्
हरेक दिन बच्चालाई खेल्ने, घुम्ने तथा पढ्ने समय छुट्याउनुहोस् । समय तालिकामा काम गर्न बानी बसाउनुहोस् । त्यसले बच्चालाई हरेक दिन केही न केही नयाँ कुरा सिक्न मद्धत गर्छ । यदि तपाई ब्यस्त हुनुहुन्छ भने पनि हरेक साता एक दिन बच्चाका लागि समय निकाल्नुस् । ताकि बच्चाले एक्लोपनको अनुभव नगरोस् । यसले तपाई र बच्चाको सम्बन्ध झन् सुमधुर बनाउँछ । नत्र अभिभावकले समय छुट्ट्याउन नसक्दा बच्चाले आफूलाई हेला गरेको ठान्दछन् ।

६. उपहार दिने गर्नुस्
बच्चाको जिद्दीपना कम गर्न उसलाई भनेको कुरा पालना गर्न लगाउने गर्नुपर्छ यसका लागि बच्चाले अटेरी गरे । असर नपर्ने साना सजाय दिन सकिन्छ । तर यदि बच्चाले समयमा होमवर्क सके, आज्ञा पालन गरे बच्चालाई केही साना उपहार दिने गर्नुस् । यसले बच्चाले आमाबुवको कुरा माने उपहार पाइने र अटेरी गरे सजाय पाइने ज्ञान पाउँछ । साथै आफ्नो बच्चाको बारेमा अरुसंग पनि खुलेर प्रसंशा गर्नुहोस् ।

७. फकाएर सम्झाउनुहोस्
यदि तपाईको बच्चाले गलत गर्याे वा भनेको मानेन भने त्यसको हानि बारे उसलाई फकाएर सम्झाउनुहोस् । जिद्दी गर्ने बच्चा प्रति आ“खा तर्नु गालि गर्ने वा पिट्नु भन्दा सबैभन्दा उत्तम उपाय भनेको फकाएर सम्झाउनु हो । साथै बच्चालाई अरु कोहिसंग तुलना नगर्नुहोस् । उसकै अगाडिका राम्रा बानिलाई उदाहरण दिनुहोस् । यसो गर्नााले बच्चा तपाई निकट हुन्छ र उसको जिद्दीपना नियन्त्रण हुँदै जानेछ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ७ : ०७ बजे

सुनसरीमा दुईवटा अस्थायी मतदान केन्द्र निर्धारण

सुनसरी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र लुकेको ‘मणिचूड दह’ (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकाको उत्तरी पहाडी भेगमा फैलिएको शिवपुरी नागार्जुन राष्ट्रिय

अदालतको आदेशलाई लत्याउँदै ट्रम्पले फेरि बढाए १५ प्रतिशत ट्यारिफ

वासिङ्टन डीसी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सामानमा

गुल्मीमा हवाई सेवामा कटौती, अब सातामा तीनवटा उडान

गुल्मी– गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि सातामा तीनपटकमात्र हवाई उडान गरिने

सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।