पशुअधिकारका लागि ‘भिगन ग्यालरी’ « Khabarhub

पशुअधिकारका लागि ‘भिगन ग्यालरी’


८ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पशुअधिकार र भिगन जीवनशैलीबारे जानकारी दिने उद्देश्यले आज यहाँ ‘नेपाल भिगन ग्यालरी’ कार्यक्रम आयोजना गरिएको छ ।

काठमाडौं एनिमल सेभको आयोजनामा कमलपोखरीस्थित सिटी सेन्टरमा आयोजित कार्यक्रममा पशु हिंसा रोक्न आह्वान गरिएका चित्र तथा भिगन फुडस्टल र साङ्गीतिक कार्यक्रम प्रस्तुत गरिएको एनिमल सेभकी शोभा भुजेलले जानकारी दिए ।

उनका अनुसार पशुजन्य भोजन र उत्पादन प्रयोग नगर्ने व्यक्ति र जीवनशैलीलाई भिगन भनिन्छ । भिगनहरू मासुमात्र होइन दूध, दही, घीउ र पनिर पनि खाँदैनन् । भिगन फुडस्टलमा गहुँ र वनस्पतिबाट बनाइएका विभिन्न परिकार राखिएका थिए ।

तीमध्ये गहुँ र अन्य वनस्पति स्रोतहरू प्रयोग गरेर बनाइएको सेइटान र भटमासको दूधबाट बनेको चिया धेरै रुचाएको थियो । मासुजस्तै देखिने र खाँदा पनि उस्तै महसुस हुने सेइटान मासु छाड्न चाहनेहरूका लागि राम्रो विकल्पका रूपमा रहेको भुजेलले बताए ।

कार्यक्रममा भिगन व्यवसाय र जनावर अधिकारबारे समूहगत छलफल गरिएको थियो । जसमा भिगन कल्याण सिलवाल र सामु योञ्जनले आफ्ना धारणा राख्दै सहभागीका जिज्ञासाबारे सम्बोधन गरे । योञ्जनले आफूहरूले पैसा कमाउनेभन्दा पनि पुण्य कमाउने ध्येयले भिगन खानाको व्यवसाय गरेको बताए । सिलवालले खाना र स्वादमा अझै निखार ल्याउन सके भिगन खानाप्रति मान्छेको थप रुचि बढ्ने धारणा राखे ।

कार्यक्रममा पूर्वतुम्बाको ‘लब्रेकुटीमा शाकाहारी कुकुर’ कविता सङ्ग्रह र घनश्याम खड्काको ‘आनन्द संहिता’ वाचन गरिएको थियो । पछिल्लो समय भिगन जीवनशैली अपनाउनेको सङ्ख्या बढ्न थालेको जनाइएको छ । विशुद्ध शाकाहारी भोजन र अहिंसाको प्रवद्र्धनका लागि कार्यक्रममा ‘ओम्निभोर’ जीवन अपनाउनेहरूको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ८ मंसिर २०८१, शनिबार  ८ : ४५ बजे

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

कास्की – गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको

अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने पक्राउ

वीरगन्ज – प्रहरीले अवैध रूपमा औषधिजन्य वस्तु उत्पादन गर्ने कार्यमा

एसिसी प्रिमियर कपको ट्रफी जित्ने नेपालको लक्ष्य, भारतमा प्रशिक्षण गरेपछि मलेसिया जाने

काठमाडौं – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा सहभागिता जनाउने नेपाली

चितवनमा ग्यास वितरण सहज बनाउन चार उद्योगद्वारा एकै ठाउँबाट बिक्री

चितवन – खाना पकाउने एलपी ग्यासको अभाव भएपछि स्थानीय प्रशासनले

सिरुबारी पहिरो : बेनी-जोमसोम सडकको मुख्य चुनौती

म्याग्दी – रघुगङ्गा गाउँपालिका-२ सिरुबारीको पहिरो भारत र चीनलाई जोड्ने