जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु « Khabarhub

जोर्डनस्थित इजरायली दूतावास नजिकै गोली चल्दा एक जनाको मृत्यु


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

अम्मान– जोर्डनको राजधानी अम्मानमा इजरायली दूतावास रहेको क्षेत्रमा आइतबार बिहान गोली चल्दा एक व्यक्तिको मृत्यु हुनुका साथै सुरक्षा सेवाका तीन सदस्य घाइते भएका छन् ।

सार्वजनिक सुरक्षा निर्देशनालयले राजधानी अम्मानको राबिह क्षेत्रमा सञ्चालित गस्ती टोलीमाथि आइतबार बिहान गोली चलेको घटनालाई नियन्त्रणमा लिएको घोषणा गरेको सरकारी समाचार एजेन्सी पेट्राले जनाएको छ ।

एक बन्दुकधारीले गस्ती टोलीमाथि गोली चलाएको र पछि सुरक्षा बलले आक्रमणकारीलाई घेरा हालेको थियो । ती व्यक्तिले ‘सुरक्षा बलमाथि गोली चलाएपछि आक्रमणमा संलग्नलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले चलामएको गोली लागि आक्रमणकारीको मृत्यु भएको पुष्टि भएको छ ।

घटनामा परी तीन जना सुरक्षाकर्मी घाइते भएको र उनीहरूको उपचार भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  १ : ४१ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा