कल्की-२ बन्ने पक्का, दीपिका दोहोरिने सम्भावना कति ? « Khabarhub

कल्की-२ बन्ने पक्का, दीपिका दोहोरिने सम्भावना कति ?


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२४ मा सबैभन्दा बढी ग्रस केलेक्सनको कीर्तिमान राखेको तेलगु फिल्म ‘कल्की २८९८ एडी’को दोस्रो श्रृङ्खला बन्ने भएको छ ।

गोवामा आयोजित भारतीय अन्तर्राष्ट्रिय फिल्म महोत्सव ‘आईएफएफआई’मा पत्रकारहरूसँगको कुराकानीमा निर्माताद्वय स्वप्ना दत्त र प्रियंका दत्तले ‘कल्की २८९८ एडी– २’ बन्ने खुलासा गरेका हुन् ।

कल्की–२ को ३० प्रतिशतभन्दा बढीको छायाङ्नक भइसकेको स्वपनाको भनाइ छ । उनका अनुसार पहिलो श्रृङ्खलाको छायाङ्कनकै दौरान दोस्रोका लागि पनि केही अंश खिचिएको हो ।

सन् २०२५ को सुरुवाती तीन महिनाभित्र दोस्रो श्रृङ्खलाको छायाङ्नकमा सुटिङ युनिट निस्कने स्वप्नाको दाबी छ । भनिन्, ‘हामीले तारिख तय गरेको छैनौँ । यसबारे छिट्टै टुंगो लगाएर सार्वजनिक गर्नेछौं ।’

निर्माता स्वप्ना दत्त र प्रियंका दत्त 

स्वप्नाले फिल्ममा दीपिका पादुकोण भूमिकाबारे समेत केही खुलासा गरेकी छन् । पहिलो श्रृङ्खलामा गर्भवतीको भूमिकामा देखिएकी दीपिका दोस्रो श्रृङ्खलामा आमाको भूमिकामा देखिने उनको भनाइ छ ।

दत्तले भनेकी छन्, ‘दोस्रो श्रृङ्खलामा दीपिकालाई कुनै अंशमा आमाको भूमिकामा देख्न सकिन्छ ।’ सुत्केरी बिदाका पछिको दीपिकाको यो पहिलो फिल्म हुन सक्ने उनको संकेत छ ।

गत जुन २७ मा प्रदर्शनमा आएको यस ‘कल्की २८९८ एडी’ मा प्रभास, अमिताभ बच्चन, दीपिकाको मुख्य भूमिका रहेको छ । फिल्मको निर्देशन र लेखन नाग आश्विनले गरेका हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ५ : ०० बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले