कल्की-२ बन्ने पक्का, दीपिका दोहोरिने सम्भावना कति ? « Khabarhub

कल्की-२ बन्ने पक्का, दीपिका दोहोरिने सम्भावना कति ?


९ मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सन् २०२४ मा सबैभन्दा बढी ग्रस केलेक्सनको कीर्तिमान राखेको तेलगु फिल्म ‘कल्की २८९८ एडी’को दोस्रो श्रृङ्खला बन्ने भएको छ ।

गोवामा आयोजित भारतीय अन्तर्राष्ट्रिय फिल्म महोत्सव ‘आईएफएफआई’मा पत्रकारहरूसँगको कुराकानीमा निर्माताद्वय स्वप्ना दत्त र प्रियंका दत्तले ‘कल्की २८९८ एडी– २’ बन्ने खुलासा गरेका हुन् ।

कल्की–२ को ३० प्रतिशतभन्दा बढीको छायाङ्नक भइसकेको स्वपनाको भनाइ छ । उनका अनुसार पहिलो श्रृङ्खलाको छायाङ्कनकै दौरान दोस्रोका लागि पनि केही अंश खिचिएको हो ।

सन् २०२५ को सुरुवाती तीन महिनाभित्र दोस्रो श्रृङ्खलाको छायाङ्नकमा सुटिङ युनिट निस्कने स्वप्नाको दाबी छ । भनिन्, ‘हामीले तारिख तय गरेको छैनौँ । यसबारे छिट्टै टुंगो लगाएर सार्वजनिक गर्नेछौं ।’

निर्माता स्वप्ना दत्त र प्रियंका दत्त 

स्वप्नाले फिल्ममा दीपिका पादुकोण भूमिकाबारे समेत केही खुलासा गरेकी छन् । पहिलो श्रृङ्खलामा गर्भवतीको भूमिकामा देखिएकी दीपिका दोस्रो श्रृङ्खलामा आमाको भूमिकामा देखिने उनको भनाइ छ ।

दत्तले भनेकी छन्, ‘दोस्रो श्रृङ्खलामा दीपिकालाई कुनै अंशमा आमाको भूमिकामा देख्न सकिन्छ ।’ सुत्केरी बिदाका पछिको दीपिकाको यो पहिलो फिल्म हुन सक्ने उनको संकेत छ ।

गत जुन २७ मा प्रदर्शनमा आएको यस ‘कल्की २८९८ एडी’ मा प्रभास, अमिताभ बच्चन, दीपिकाको मुख्य भूमिका रहेको छ । फिल्मको निर्देशन र लेखन नाग आश्विनले गरेका हुन् ।

प्रकाशित मिति : ९ मंसिर २०८१, आइतबार  ५ : ०० बजे

प्रधानमन्त्रीलाई रुलिङ गरेर संसदमा उपस्थित गराउन कांग्रेसको माग

काठमाडौँ– नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ

ट्याक्टर दुर्घटनामा एक किशोरको मृत्यु, चालक घाइते

गोरखा– निर्माण सामग्री बोकेको ट्याक्टर जिल्लाको भीमसेनथापा गाउँपालिका–२ रातामाटेमा गएराती

एक करोड ८४ लाखमा विद्यालय भवन निर्माण

ताप्लेजुङ– ताप्लेजुङको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे

मन्त्रिपरिषद् बैठकका चार निर्णय : कार्यविभाजन नियमावली २०८३ स्वीकृत

काठमाडौँ – बुधबारको मन्त्रिपरिषद् बैठकले महत्त्वपूर्ण चार वटा निर्णय गरेको

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु