प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्रीलगायत विज्ञसँग छलफल गर्ने « Khabarhub

चीन भ्रमणको तयारी

प्रधानमन्त्री ओलीले आज पूर्वप्रधानमन्त्रीलगायत विज्ञसँग छलफल गर्ने


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणमा उठाउने एजेण्डाबारे  सरोकारवाला निकाय तथा विज्ञसँग आज छलफल गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारी लगायतसँग छलफल गर्न लागेका हुन् ।

छलफल बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा हुने सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले यही मङ्सिर १७ गतेदेखि चीनको औपचारिक भ्रमण गर्दैछन् । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री लि छ्याङ लगायतसँग भेटवार्ता गर्ने छन् ।

प्रधानमन्त्रीको भ्रमणको तयारीका लागि परराष्ट्र मन्त्री आरजु राणा देउवा मङ्सिर १३ गते नै चीन जाने तयारी छ ।

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  ९ : १४ बजे

पहिरो पीडित परिवारलाई राहत उपलब्ध गराउन कांग्रेसको माग

काठमाडौँ- नेपाली कांग्रेसले यही साउन २७ गते राति रोल्पाको थवाङ–५

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत