रूसी सुरक्षा प्रमुख र तालिवान अधिकारीबीच काबुलमा भेटवार्ता « Khabarhub

रूसी सुरक्षा प्रमुख र तालिवान अधिकारीबीच काबुलमा भेटवार्ता


१० मंसिर २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काबुल – रूसी सुरक्षा अधिकारी सर्गेई शोइगुले सोमबार अफगानी सरकारी अधिकारीसँग भेटवार्ता गरेका छन् । तालिवानी अधिकारीहरूसँगको भेटका क्रममा उनले तालिबान समूहलाई प्रतिबन्धित सङ्गठनको सूचीबाट चाँडै हटाउने आश्वासन दिएको बताइएको छ ।

रूसको सुरक्षा परिषद्का सचिव शोइगुले काबुलमा उपप्रधानमन्त्री अब्दुल गनी बरादरको नेतृत्वमा रहेको अफगान समूहसँग भेटवार्ता गरेका हुन् ।

सन् २०२१ मा तालिबान सत्तामा फर्किएपछि विदेशी अधिकारीहरूको भ्रमण कम भएको छ । कुनै पनि देशले पूर्व विद्रोही समूहको सरकारलाई औपचारिक रूपमा मान्यता दिएका छैनन् ।

तालिवान सरकारले महिलामाथि लगाएको प्रतिबन्धले उनीहरूलाई धेरै पश्चिमा राष्ट्रहरूमा पराया बनाएको छ तर काबुलले आर्थिक र सुरक्षा सहकार्यमा जोड दिँदै आफ्ना क्षेत्रीय छिमेकीहरूसँग कूटनीतिक पहल गरिरहेको छ ।

बरादरको कार्यालयले सामाजिक सञ्जाल एक्समा जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सोइगुले अफगानिस्तानसँग द्विपक्षीय सहयोगको स्तर बढाउन रूसको तर्फबाट प्रतिवद्धता जनाउनुभएको छ ।”

उनले दुई देशबीच राजनीतिक र आर्थिक सम्बन्ध विस्तार गर्न ‘इस्लामिक इमिरेट्स (अफगानिस्तान)’ को नाम चाँडै नै रूसको कालोसूचीबाट हटाइने पनि घोषणा गरेको बताइएको छ । इस्लामिक इमिरेट्स तालिबान सरकारले आफूलाई सङ्केत गर्न प्रयोग गर्ने नाम हो।

विश्लेषकहरुका अनुसार मस्कोले सुन्नी लडाकू समूहको अफगानस्थित शाखा इस्लामिक स्टेट खोरासान (आइएस–के)को खतराको सामना गर्न काबुलसँग सहकार्य गर्न चाहेको हुन सक्छ ।गत मार्चमा मस्कोको एक कन्सर्ट हलमा आइएस–केका बन्दुकधारीले आक्रमण गर्दा १४० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

तालिवान अधिकारीहरूले पटक–पटक सुरक्षालाई आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै आएका छन् र अफगानिस्तानबाट विदेशी आक्रमण गर्ने लडाकूहरूलाई देशबाट निकाला गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । अफगानिस्तानका लागि रूसका राजदूत दिमित्री झिर्नोभले जुलाईमा बताएका थिए , “आतङ्कवादविरुद्धको लडाइँमा तालिबान पक्कै पनि हाम्रो सहयोगी हो ।”

प्रकाशित मिति : १० मंसिर २०८१, सोमबार  १० : ११ बजे

प्रचण्ड र माधवले देखेको खतरा : कुनै दलको बहुमत आउँदैन, देश फेरि अस्थिरतातिर जान्छ

काठमाडौं- विभिन्न कम्युनिष्ट तथा समाजवादी पार्टीहरू मिलेर गत कात्तिक १९

गोरखामा रविले भने- सिंहदरबार पुनःनिर्माण गर्न सकिन्छ 

गोरखा– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सिंहदरबार

मुख्य ६ एजेन्डासहित मतदातालाई प्रचण्ड-माधवको अपिल, ‘व्यवस्था बदल्यौँ, अब जनताको अवस्था बदल्छौँ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टीले चुनाव नजिकिँदै गर्दा बिहीबार मतदाताका लागि

बाढीले थला परेको रोशीमा छैन चुनावी चहलपहल (तस्बिरहरू)

काठमाडौं– अहिले देशभर चुनावी माहौल छाएको छ ।  नयाँ पुस्ता

निर्वाचनले छोएन चितवनको माझी, मुसहर बस्ती

चितवन– देशभर निर्वाचनको माहोल भएपनि यहाँको एक बस्तीमा हालसम्म कुनै