अर्थका सहसचिवहरुको सरुवा, को कहाँ पुगे ? « Khabarhub

अर्थका सहसचिवहरुको सरुवा, को कहाँ पुगे ?


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालय अन्तर्गतका सहसचिवहरुको सरुवा गरेका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवा आइतबार सार्वजनिक गरिएको हो ।

जसमध्ये आन्तरिक राजश्व विभागको महानिर्देशकमा भर्खरै प्रधानमन्त्री कार्यालयबाट सरुवा भएर आएका सहसचिव विनोद कुँवर गएका छन् । भन्सार विभागको महानिर्देशकमा अर्थकै प्रशासन महाशाखा प्रमुख सहसचिव सुमन दाहाललाई बनाइएको छ । भन्सारका महानिर्देशक रहेका रामेश्वर दंगालको प्रदेशमा सरूवा भएपछि उक्त पद रिक्त थियो ।

अर्थको प्रशासन महाशाखामा मध्यमस्तरीय करदाता कार्यालय प्रमुख रहेका सहसचिव झक्कप्रसाद आचार्यलाई सरूवा गरिएको छ । यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरलाई मध्यस्तरीय करदाता कार्यालय प्रमुख बनाइएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुखमा भने अहिले कसैलाई पठाइएको छैन । भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख सहसचिव सुशील पाण्डेलाई राजस्व तालिम केन्द्रको प्रमुख बनाइएको छ भने भर्खरै सरूवा भएर अर्थ मन्त्रालय आएका मुक्तिप्रसाद पाण्डेलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ ।

वीरगन्ज भन्सार कार्यालयमा ढुण्डीप्रसाद निरौलालाई पठाइएको छ भने त्यहाँ कार्यरत श्यामप्रसाद भण्डारीलाई भन्सार विभागमा ल्याइएको छ ।

भन्सार विभागमा कार्यरत तुलसीराम सेढाईलाई अर्थ मन्त्रालयको अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा लगिएको छ भने आन्तरिक राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेललाई अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा सरूवा गरिएको छ ।

अर्थ मन्त्रालयकै अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा प्रमुख थानेश्वर गौतमलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ६ : ५१ बजे

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

आज २०८३ साल जेठ ५ गते मंगलबारको राशिफल

काठमाडौँ  – आज २०८३ साल जेठ ५ गते मंगलबार। जेठ

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक