अर्थका सहसचिवहरुको सरुवा, को कहाँ पुगे ? | Khabarhub Khabarhub

अर्थका सहसचिवहरुको सरुवा, को कहाँ पुगे ?


१६ भाद्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अर्थमन्त्री डा. युवराज खतिवडाले अर्थमन्त्रालय अन्तर्गतका सहसचिवहरुको सरुवा गरेका छन् । शुक्रबार मन्त्रीस्तरीय निर्णयबाट भएको सरुवा आइतबार सार्वजनिक गरिएको हो ।

जसमध्ये आन्तरिक राजश्व विभागको महानिर्देशकमा भर्खरै प्रधानमन्त्री कार्यालयबाट सरुवा भएर आएका सहसचिव विनोद कुँवर गएका छन् । भन्सार विभागको महानिर्देशकमा अर्थकै प्रशासन महाशाखा प्रमुख सहसचिव सुमन दाहाललाई बनाइएको छ । भन्सारका महानिर्देशक रहेका रामेश्वर दंगालको प्रदेशमा सरूवा भएपछि उक्त पद रिक्त थियो ।

अर्थको प्रशासन महाशाखामा मध्यमस्तरीय करदाता कार्यालय प्रमुख रहेका सहसचिव झक्कप्रसाद आचार्यलाई सरूवा गरिएको छ । यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख गजेन्द्र ठाकुरलाई मध्यस्तरीय करदाता कार्यालय प्रमुख बनाइएको छ ।

अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुखमा भने अहिले कसैलाई पठाइएको छैन । भन्सार जाँचपास परीक्षण कार्यालयका प्रमुख सहसचिव सुशील पाण्डेलाई राजस्व तालिम केन्द्रको प्रमुख बनाइएको छ भने भर्खरै सरूवा भएर अर्थ मन्त्रालय आएका मुक्तिप्रसाद पाण्डेलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ ।

वीरगन्ज भन्सार कार्यालयमा ढुण्डीप्रसाद निरौलालाई पठाइएको छ भने त्यहाँ कार्यरत श्यामप्रसाद भण्डारीलाई भन्सार विभागमा ल्याइएको छ ।

भन्सार विभागमा कार्यरत तुलसीराम सेढाईलाई अर्थ मन्त्रालयको अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा लगिएको छ भने आन्तरिक राजस्व विभागका उपमहानिर्देशक यज्ञप्रसाद ढुंगेललाई अर्थ मन्त्रालय आर्थिक नीति विश्लेषण महाशाखा प्रमुखमा सरूवा गरिएको छ ।

अर्थ मन्त्रालयकै अन्तरसरकारी वित्त व्यवस्थापन महाशाखा प्रमुख थानेश्वर गौतमलाई आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनाइएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०७६, सोमबार  ६ : ५१ बजे

विपीन रिहाइको पहल गर्नु सरकारको जिम्मेवारी : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली

टप टी-२० सिरिज : मेलबर्न स्टार्सविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडमाथि आर्सनलको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजनमा आर्सनलले विजयी सुरुवात

‘माग्ने राजा’लाई ५ ‘हट’ प्रश्न !

काठमाडौं – केदार घिमिरे ‘माग्ने बूढा’ भदौ ६ बाट प्रदर्शनमा

पाँच जलविद्युत् आयोजनाको संयुक्त सहयोगमा रघुगङ्गाका सडक स्तरोन्नति

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकामा जलविद्युत् आयोजनाको सहयोगमा सडक स्तरोन्नति थालिएको