सामाजिक सुरक्षाको बृहत्तर अवधारणामा सरकार प्रतिबद्ध : प्रधानमन्त्री « Khabarhub

सामाजिक सुरक्षाको बृहत्तर अवधारणामा सरकार प्रतिबद्ध : प्रधानमन्त्री


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताएका छन् ।

सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै उनले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताए ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिँडेको जनताको सरकार भएकाले कसैलाई पनि एक्लो र असहाय हुन नदिने स्पष्ट पारे । उनले कसैलाई पनि एक्लो महसुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रहसमेत गरेका छन् ।

‘अब कसैले अनाथ भएँ भन्नु पर्दैन, अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन, मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन’, प्रधानमन्त्रीले शुभकामना सन्देशमा भनेका छन् ।

नेपालको संविधानमा सामाजिक सुरक्षालाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरिएको जनाउँदै प्रधानमन्त्री ओलीले संविधानको मर्मअनुसार नै सामाजिक सुरक्षासम्बन्धी अवधारणालाई व्यापक बनाउँदै लगिएको स्पष्ट पारेका छन् ।

विसं २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी एमालेको तत्कालीन सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिक, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लिएको स्मरण गर्दै उनले त्यसपछि मात्रै लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरुप लिन थालेको दाबी गरे ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  १० : १० बजे

‘एक विद्यालय, एक नर्स’ कार्यक्रम १५ सय विद्यालयमा

काठमाडौं– सरकारले ‘एक विद्यालय, एक नर्स’ कार्यक्रम देशभरिका एक हजार

प्रतिनिधिसभा निर्वाचन खर्च अध्ययन प्रतिवेदन : जित्नेले भन्दा हार्ने उम्मेदवारको बढी

काठमाडौं– निर्वाचन पर्यवेक्षण समिति (इओसी) नेपालले गत फागुन २१ गते सम्पन्न

सभापतिको प्रस्तावक प्रधानमन्त्री स्वयं भएपछि गुट उपगुटको चर्चा सकियो : प्रधानमन्त्रीका सल्लाहकार साह 

काठमाडौं– रास्वपाका नेता तथा प्रधानमन्त्रीका सल्लाहकार असिम साहले पार्टीमा कुनै

फ्लपको ताजा पीडामा रहेका जितुको अर्को फिल्म २ महिनालाई धकेलियो

काठमाडौं – जितु नेपाल ‘मुन्द्रे’ले निर्माण र अभिनय गरेको ‘आई

कक्षा १२ को नतिजा विवाद : माइतीघर मण्डलमा प्रदर्शनमा उत्रिँदै विद्यार्थी

काठमाडौं- कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहीबार काठमाडौंको