पाकिस्तानमा इमरान समर्थकको प्रदर्शन, तीन सेना र दुई प्रहरीसहित सात जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा इमरान समर्थकको प्रदर्शन, तीन सेना र दुई प्रहरीसहित सात जनाको मृत्यु


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

इस्लामावाद- पाकिस्तानको राजधानी इस्लामावादमा पूर्वप्रधानमन्त्री इमरान खान नेतृत्वको तहरिक-ए-इन्साफ (पीटीआई)ले गरेको प्रदर्शनका क्रममा पाँचजना सुरक्षाकर्मीको मृत्यु भएको छ।

पाकिस्तानी अनलाइन डनका अनुसार सोमबार भएको प्रदर्शनले हिंश्रक रुप लिँदा ज्यान गुमाउनेमा तीनजना सेनाका रेन्जर र दुईजना प्रहरी जवान रहेका छन् ।

पाकिस्तान गृहमन्त्री मोशिन नक्बीले इस्लामावादस्थित डी-चोकमा पत्रकारहरूलाई सम्बोधनका क्रममा पीटीआईका कार्यकर्तासँगको झडपमा पाँचजना सुरक्षाकर्मीको ज्यान गएको बताए ।

उनका अनुसार रेन्जर्सका दुईजना र प्रहरीतर्फ चारजना गम्भीर घाइते भएका छन् । उनले प्रहरीतर्फ दुईजना एएसपी र एकजना एसपी घाइते छन् ।

झडपका क्रममा पञ्जाव पुलिसका ७० जना सिपाहीं घाइते भएका छन् । जसमध्ये पाँचजनाको अवस्था गम्भीर रहेको छ ।

उता पीटीआईले पनि आफ्ना दुईजना कार्यकर्ताले ज्यान गुमाएको जानकारी दिएको छ । पीटीआईका अनुसार सरकारले दमनका लागि खटाएका रेन्जर्सले चलाएको गोली लागेर दुईजना कार्यकर्ताको ज्यान गएको जानकारी दिएको हो ।

तर प्रत्यक्षदर्शीले भने सेनाले चलाएको गोली लागेर कम्तीमा ६ जना प्रदर्शनकारीको ज्यान गएको देखेको बताएका छन् । गोली लागेका अन्य चारजनालाई भने उपचारका लागि अस्पताल लगिएको पीटीआईले जनाएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  २ : ३५ बजे

केन्द्रीय कमिटी बैठक बोलाएको डेढ घण्टापछि भृकुटीमण्डपमा अध्यक्ष ओली

काठमाडौं – नेकपा (एमाले)को ११ औँ महाधिवेशनको बन्दसत्र रोकेर केन्द्रीय

शिवपुरीमा हराएका तीन जनालाई सेनाले गर्‍यो उद्धार

काठमाडौं – काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्र हराएका तीन जनालाई

निरज र जेनिशालाई स्केटिङ उपाधि

काठमाडौं – रुकुमकोटमा पहिलो पटक आयोजना भएको इनडोर स्केटिङ प्रतियोगिताको

पञ्चेबाजा बजाउने परम्परागत चलन हराउँदै

भोजपुर– आधुनिक बाजाको आगमनसँगै परम्परागत रूपमा बजाइने नेपालको लोकसंस्कार र

मुटुरोग उपचार शिविरमा साढे चार सयको निःशुल्क परीक्षण

पर्वत– पर्वतको कुश्मानगरपालिका–१२ ठूलीपोखरीमा शनिबार सञ्चालित एकदिने मुटुरोग परीक्षण शिविरमा