अनुदानमा सञ्चार सामग्री खरिद गर्न आवेदन माग « Khabarhub

अनुदानमा सञ्चार सामग्री खरिद गर्न आवेदन माग


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रेस काउन्सिल नेपालले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार एवं सञ्चारमाध्यमलाई आवेदन दिन आग्रह गरेको छ । प्रेस काउन्सिल नेपाल, मिडिया विकास कोषले अनुदानमा सञ्चार सामग्री खरिद गर्न चाहने पत्रकार तथा सञ्चारमाध्यमलाई आवेदन दिन आग्रह गरेको हो । 

काउन्सिलले आज एक सूचना प्रकाशित गरी काउन्सिलको स्वीकृत नीति एवं बजेट तथा कार्यक्रमअनुसार मोफसलमा रहेका पत्रकार र सञ्चारमाध्यमलाई विभिन्न सुविधा उपलब्ध गराइँदै आएको तथा आर्थिक वर्ष २०८१-८२ का लागि ३५ दिनभित्र प्रेस काउन्सिल नेपाल मिडिया विकास कोषको सचिवालयमा लिखित वा अनलाइन माध्यममार्फत आवेदन दिन आग्रह गरेको छ । 

यसैगरी सहयोग गराइने क्षेत्र र सीमाअन्तर्गत ल्यापटप खरिद अनुदान (४० प्रतिशत) १६, क्यामेरा खरिद अनुदान (३० देखि ४० प्रतिशत) चार, शोधपत्र लेखन सातजना (प्रत्येक प्रदेशबाट एकजनाका दरले) तथा सञ्चार केन्द्र स्थापना अनुदान एकवटा सुविधाका लागि आवेदन दिन सकिने काउन्सिलद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता हुने एवं निवेदनमा निवेदकको हस्ताक्षर, सम्पर्क नम्बर, आवश्यक कागजात र इमेल अनिवार्य हुनुपर्ने जनाइएको छ ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ४ : ३० बजे

प्रदेशको अस्थिर राजनीतिले बजेट कार्यान्वयनमा सधैँ समस्या

काठमाडौँ- नेपालले २०७२ मा संविधान जारी गर्दै सङ्घीय शासन प्रणाली

बालेनलाई बाबुरामले दिए चेतावनी- सबैलाई खुसी पार्न खोजे सरकार असफल हुन्छ

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवा बाहुल्य नयाँ सरकारलाई

अङ्कित मूल्यमा नै जलविद्युतको सेयर उपलब्ध गराउन इप्पानको आग्रह

काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल .(इप्पान)ले जलविद्युत् आयोजनाबाट प्रत्यक्ष

तराईका घटना : रास्वपाको भूमिकाप्रति शंकर पोखरेलको प्रश्न

काठमाडाैँ – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुनसरी, सिराहा र

अवैध कारोबारको आशंकामा विराटनगरको देवनरा समूहमा प्रहरीको छापा

विराटनगर – अवैध कारोबार तथा कर छलीको आशंकामा विराटनगरको चर्चित