नेपालका दुर्गम गाउँमा चीनको ‘ग्रामीण उज्यालो’ अभियान « Khabarhub

नेपालका दुर्गम गाउँमा चीनको ‘ग्रामीण उज्यालो’ अभियान


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जलविद्युत‍्को पहुँच नएभका नेपालका हिमाली र पहाडी गाउँहरूमा चीनले ‘ग्रामीण उज्यालो’ अभियान सञ्चालन गरेको छ ।

‘ग्रामीण उज्यालो’ अभियानअन्तर्गत चीनका विभिन्न निकाय र राज्यबाट सौर्य बत्ती अनुदान दिन थालिएको हो ।

यस परियोजनाले नेपालका दुर्गम गाउँहरूमा सोर्य ऊर्जामार्फत् उज्यालो पुर्‍याइरहेको मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जानरकारी दिइएको छ ।

सौर्य ऊर्जा अनुदान कार्यक्रममार्फत् गाउँलेहरूको जीवनस्तरमा सुधार गर्ने, बालबालिकाको पठनपाठनमा सहजता ल्याएर शैक्षिक विकासलाई बढावा दिने तथा नेपालमा चीनको निरन्तर सहयो र परोपकारी अभियानलाई अघि बढाउने प्रयास गरिएको पत्रकार सम्मेलनमा बताइएको छ ।

नेपालले लामो समयदेखि दुर्गम क्षेत्रहरूमा विद्युत् अभावको सामना गरिरहेको छ। रातको समयमा बत्तीको अभावले गाउँलेहरूको दैनिक जीवन, शिक्षा र सुरक्षा चुनौती हुन गरेका छन् । उज्यालो अभावले दैनिक क्रियाकलापमा बाधा पुर्‍याउने मात्र होइन, बालबालिकाको उज्यालो भविष्य सुरक्षित गर्ने सम्भावनालाई कमजोर बनाउने भएकाले त्यसलाई हटाउन यो अभियान चलाइएको बताइएको छ ।

नेपालका दुर्गम गाउँमा उज्यालो पुर्‍याउन नेपालस्थित चिनियाँ दूतावास, चोङकिङ हुयान मठ र चोङकिङ हुयान एजुकेशन एण्ड कल्चर फाउण्डेसनले संयुक्त रूपमा ‘ग्रामीण उज्यालो’ सौर्य बत्ती जडान परियोजना शुभारम्भ गरेका छन् ।

यस अभियानबाट नेपालका दुर्गम पहाडी क्षेत्रका ५०० घरधुरीलाई हरिता र वातावरणमैत्री सौर्य बत्तीहरू उपलब्ध गराइने छ । यसले ग्रामीणबासीको जीवनस्तरमा सुधार ल्याउने, शिक्षाको प्रवर्द्धन गर्ने र दिगो विकासलाई समर्थन गर्ने बताइएको छ । पहिलो चरणमा आयोजनाले काभ्रेपलाञ्चोकको मिन्डुपा र सिम गाउँका ८० घरधुरीमा उज्यालो बलिसकेको छ ।

यसले चीनको बेल्ट एन्ड रोड इनिसिएटिभमा पनि महत्त्वपूर्ण योगदान दिने फाउन्डेसनले उल्लेख गरेको छ । यसबाहेक चोङकिङ हुयान र चोङकिङ हुयान एजुकेशन एण्ड कल्चर फाउण्डेशनले नेपालमा सुरक्षित, स्वच्छ र दिगो खानेपानी उपलब्ध गराउन ‘मन्ना परियोजना’ सुरु गर्ने योजना बनाएको छ।

पत्रकार सम्मेलनमा चिनियाँ दूतावासका काउन्सिलर सी वाङले भने, ‘ग्रामीण उज्यालो परियोजनामार्फत नेपालका दुर्गम क्षेत्रका परिवारमा उज्यालो र आशा ल्याउने लक्ष्य लिएका छौँ । यसले उनीहरूको जीवनस्तरमा सुधार हुनेछ । हामी शिक्षा भाग्य परिवर्तनको लागि बाटो हो भन्ने कुरामा विश्वास गर्छौँ । यो लक्ष्य प्राप्त गर्न उज्यालो बत्ती आवश्यक छ।’

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ५ : ४५ बजे

बेलायतका राजा चार्ल्सले सार्वजनिक गर्दै व्यक्तिगत कर विवरण

लन्डन– बेलायती राजतन्त्रमा पारदर्शिता र जवाफदेहिता बढाउने उद्देश्यले राजा चार्ल्स

‘अमेरिकी आप्रवासी हिरासतमा मृत्युदर उच्च’ 

न्युयोर्क– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा आप्रवासन नियन्त्रणसम्बन्धी कडा

उत्तरी गोरखास्थित सीमा क्षेत्र र सीमा स्तम्भको अनुगमन

गोरखा– उत्तरी गोरखाको सामागाउँ र साम्दोस्थित नेपाल प्रहरी र सशस्त्र

बर्खा लागिसक्दा के छ बीपी राजमार्गको अवस्था ? कस्ता छन् सुरक्षा रणनीति ?

काठमाडौँ – राजधानीसँग पूर्वी जिल्ला जोड्ने मुख्य मानिने बीपी राजमार्ग

फिफाको निलम्बनमा पर्‍यो एन्फा, सरकार र राखेपबाट हस्तक्षेप भएको निष्कर्ष  

काठमाडौं– अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ