‘कार्साङ’ का नायक जितु कि दयाहाङ ? « Khabarhub

‘कार्साङ’ का नायक जितु कि दयाहाङ ?


११ मंसिर २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यम शेर्पाको डेब्यू लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘कार्साङ’ पुस २६ गते पदर्शनमा आउँदैछ । निर्माण पक्षले क्यारेक्ट पोस्टर सार्वजनिक गर्दै प्रचार थालेको छ ।

फिल्ममा अभिनेता दयाहाङ राई, जितु नेपाल, दिया मास्के र डेब्यू नायिका सिर्जना निङलेखु मुख्य भूमिकामा रहेको बताइएको छ । उनीहरूसहित बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतको अभिनय छ ।

निर्माण पक्षले अहिलेसम्म तीन पोस्टर सार्वजनिक गरेको छ । पहिलो पटक सार्वजनिक गरिएको पोस्टर दयाहाङ केन्द्रित थियो । दोस्रो पोस्टरमा जितु नेपाल फिचर्ड थिए । उनको ‘लेकली लुक्स’ले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको थियो ।

तेस्रो पोस्टरमा जितु र दिया फिचर्ड छन् । उनीहरू दुवै कुनै गाउँको आगँनमा बसेका छन् । पृष्ठभूमिमा टिनको छाप्रोजस्तो देखिन्छ । दियाले जातो पनिरहेकी छन् । जितु उनीसँग प्रेमभावमा संवाद गरिरहेको जस्तो देखिन्छ ।

निर्वाह गरेको पात्रका कारण जितुले प्रशंसा मात्रै पाएका छैनन्, अर्को आशंका पनि पैदा भएको छ । सार्वजनिक तीन पोस्टरमध्ये दुईमा जितु फिचर्ड छन् । यसले कतै उनी यस फिल्मको नायक त होइनन् भन्ने आशंका पैदा गरेको छ ।

प्रायः प्रचारमा नायक फिचर्ड पोस्टर प्रयोग गर्ने अभ्यास छ । दयाहाङ फिचर्ड पोस्टर कम सार्वजनिक हुनुले यो आशंकलाई थप टेवा पुगेको छ । अर्कोतर्फ जितु लगातार केन्द्रीय कलाकारमा रूपमा फिल्ममा अभिनय गरिरहेका छन् ।

निर्देशक शेर्पा भने एक सातापछि सार्वजनिक हुने टिजरले फिल्मको नायक खुल्ने बताउँछन् । भन्छन्, ‘मेरो लागि दुवैको भूमिका सशक्त छ । टिजरबाट दर्शकको कौतुहलता मेट्ने प्रयास हुनेछ ।’

‘कर्साङ’ शेर्पा समुदायको संस्कृतिमा आधारित कथामा बनेको बताइएको छ । यसको निर्माता र छायाँकार पुरुषोत्तम प्रधान हुन् ।

प्रकाशित मिति : ११ मंसिर २०८१, मंगलबार  ९ : ०२ बजे

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

तनहुँ– लाखेको मुखौटा लगाएर जब युवा नाच्न थाल्छन्, वरपरको वातावरण

यामाल चम्किएपछि स्पेनले क्रोएसियालाई ४-१ ले हरायो

काठमाडाैँ – युइएफए नेसन्स लिगअन्तर्गत समूह ‘सी’ को खेलमा स्पेनले

काभ्रे र सिन्धुपाल्चोक जोड्ने पुल ६ वर्षदेखि अलपत्र

काभ्रे– निर्माण व्यवसायीले तोकिएको समयमा काम सम्पन्न नगर्दा काभ्रेपलाञ्चोक र

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज १४ गते बुधबार सन् २०२६ सेप्टेम्बर

बैङ्किङ कसुरमा फरार रहेका एक व्यक्ति पक्राउ

काठमाडौँ– बैङ्किङ कसुर मुद्दामा २२ लाख बराबरको बिगो रहेका एक