काठमाडौं– नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले संस्थापक सेयरधनीको नाममा सेयर बिक्री खुला गरेको छ । बैंकले ३ लाख ३ हजार ९७८ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजदेखि ३५ दिनभित्र आवेदन दिन सक्नेछन् । यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयर धनीले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न चाहनेले बैंकको सेयर शाखा लाजिम्पाटबाट सङ्ख्या खुलाई आवेदन दिनुपर्नेछ ।
निर्धारित समयमा संस्थापक शेयर धनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
प्रतिक्रिया