आफ्नै सहकारीका प्रबन्धकमाथि अध्यक्षले गरे हातपात र गालीगलौज  « Khabarhub

आफ्नै सहकारीका प्रबन्धकमाथि अध्यक्षले गरे हातपात र गालीगलौज 


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोकगोविन्द राजभण्डारीले आफ्नै संस्थाका प्रबन्धकलाई हातपात तथा गालीगलौज गरेको आरोप लागेको छ । अध्यक्ष राजभण्डारीले आफ्नै संस्थाका कर्मचारीमाथि गालीगलौज तथा हातपात गरेको आरोप लागेको हो ।

संस्थामा प्रबन्धकको रूपमा काम गर्दै आइरहेका दिनेश पन्तमाथि अध्यक्ष अशोक गोविन्द राजभण्डारी र उनका छोरा निलेश राजभण्डारीले गालीगलौज तथा हातपात गरेको पन्तले खबरलाई बताए ।

पन्तले सहकारीको मूल्य मान्यता तथा सहकारी ऐन नियम सहकारी विधान तथा कर्मचारी नियमावली बमोजिम कामकाज गर्दै आइरहेको साथै सहकारीको कामकाज पारदर्शी तथा व्यवस्थित रूपमा सञ्चालन गर्न खोज्दा संस्थाका अध्यक्ष राजभण्डारीले गाली–गलौज गर्ने, डर देखाउने तथा धाकधम्की दिने गरेको बताएका हुन् ।

उनले यसबारे संस्थाको सञ्चालक समितिको बैठकमासमेत जानकारी गराएको पनि बताएका छन् । गएको असोज १ गते अध्यक्ष राजभण्डारी र उनका छोरा निलेशले कार्यालय समयमा काम गर्ने क्रममा पन्तमाथि गाली गलौजसहित हातपात तथा दुर्व्यवहार गरेका हुन् ।

उनले यसबारे सहकारीको नियामक निकाय बागलुङ नगरपालिकामा लिखित रूपमा अनुसन्धान गरी आवश्यक कारबाहिको लागि माग गरेकोमा अहिलेसम्म पनि कुनै जानकारीसमेत नगराएको तथा कारबाहिको लागि प्रक्रिया अगाडि नबढाएको भन्दै जिल्ला प्रशासन कार्यालयमा पनि निवेदन दिएका छन् ।

राजभण्डारीले सहकारीका ५०० भन्दा बढी बचतकर्ताहरूको बचत खाता आफूखुसी बन्द गरी उक्त खाताहरूमा रहेको रकम आफ्नो खातामा सारी दुरुपयोग गरेको, बचत कर्ताहरूको रकम ठगी गरेको, आफू अनुकुल रूपमा कर्जा लगानी गरेको, विना शेयरलाई पनि कर्जा प्रदान गरेको, विनाधितो कर्जा लगानी गरेको, संस्थाको हिसाबकिताब पनि ठिक नरहेको, कर्मचारीहरूको नियुक्ति तथा सेवा सुविधाको विषयमा पनि विभेदकारी काम गरेको पन्तको आरोप छ ।

सिसिटिभी भिडियो हेर्नुहोस् :

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ४ : १९ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच