संघीयताविरोधी शक्तिहरू एक ठाउँमा आउने बेला भइसक्यो : कमल थापा « Khabarhub

संघीयताविरोधी शक्तिहरू एक ठाउँमा आउने बेला भइसक्यो : कमल थापा


१२ मंसिर २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

विराटनगर- राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले मुलुकमा जबरजस्ती लादिएको गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता बिदेशी एजेन्डा भएको बताएका छन् ।

मुलुकमा देखिएको सम्पुर्ण रोग,भोक, गरिबी,अशिक्षा र पछौटेपनको एक मात्रै कारण सनातन हिन्दु धर्म, राजसंस्था, एकात्मक शासन प्रणाली भएको गलत भाष्य निर्माण गर्दै राजसंस्था र सनातन हिन्दु राष्ट्रको पहिचान मेटिएको पनि थापाले

बिराटनगरमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विदेशीहरुको प्रायोजन र षड्यन्त्रबाट मुलुकको महत्त्वपूर्ण पहिचानलाई समाप्त पार्न देशभित्रका पार्टीलाई प्रयोग गरिएको थापाले आरोप लगाए ।

सबै समस्याको अचुक रामवाण, औषधी गणतन्त्र ,धर्म निरपेक्षता र संघीयता हो भन्दै भ्रम छर्न विदेशीले करोडौँ खर्च गरेकोसमेत उनको टिप्पणी थियो ।

विदेशीको दबाब, प्रभाव र सत्तास्वार्थमा माओवादीसँगै काङ्ग्रेस र एमाले पनि बहकिएको भन्दै थापाले माओवादीमार्फत विदेशीले खेल्दा अरु दल प्रयोग भएको बताए ।

अहिलेको व्यवस्था र शासकबाट मुक्ति पाउन जनता सडकमा आउनुपर्नेमा जोड दिदै थापाले सबै राष्ट्रवादी, हिन्दुवादी र संघीयताविरोधीहरू एक ठाउँमा आउनुपर्ने औँल्याए ।

समान विचार भएकाहरू एक ठाउँमा आउन ढिला गर्न नहुमे भन्दै थापाले एजेन्डा स्थापित गर्न ठूलो छाती र त्यागको भावना आवश्यक पर्ने स्पष्ट पारे ।

प्रकाशित मिति : १२ मंसिर २०८१, बुधबार  ७ : ०८ बजे

राजनीतिक प्रदर्शनमा नेपाली सङ्ग्रहालयको सुरक्षा जोखिम उच्च : अध्ययन

काठमाडौँ- नेपालमा राजनीतिक आन्दोलन तथा हुलदङ्गाको समयमा सङ्ग्रहालयको सुरक्षा प्रणाली

ट्राफिक कारबाहीबाट मकवानपुरमा रु एक करोड ७२ लाख बढी राजस्व संङ्कलन

हेटौँडा- जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले आर्थिक वर्ष २०८२/८३ मा

प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि विपद्

तीजको कोसेली : कर्णालीको स्याउ

राँझा (बाँके)- कर्णालीको स्याउ सस्तोमा उपलब्ध भएपछि नेपालगञ्ज आसपासका क्षेत्रमा

उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम- इलामको माङसेबुङ गाउँपालिका–२ का किसान करनवीर लिम्बूले पाँच वर्षअघि